आगामी सातादेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरू आठौं म्याग्दी महोत्सवमा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ। नेपालको उत्कृष्ट व्याण्डको रुपमा स्थापित हुदै गएको कुमा सागर एण्ड द खोपाले महोत्सवमा माघ ३ गते प्रस्तुती रहने छ । फुरफुर., चमेली फूल., हावाको लहर., ओ चम्फा.., छहरी सरि. लगायत दर्जनौं गीतहरु चर्चित रहेको ब्याण्ड युवापुस्तामा निकै लोकप्रिय छ ।

हरेक विधाका गीतमार्फत दर्शकलाई नचाउने ब्याण्डलाई यसपटकको महोत्सवको आर्कषकको रुपमा लिइएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । महोत्सवमा म्याग्दीका पुराना लोक गायक खड्ग गर्बुजा, नायक एवम् कलाकार पल शाह, गायिक समिक्षा अधिकारी,शान्ति श्री परियार, सुनिता दुलाल सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुमा छन् ।

म्याग्दी उद्योग वाणिज्य संघले यसपटक कलाकारहरुमा नयाँ पन दिन खोजेको मुल संयोजक सुविन श्रेष्ठको भनाई छ । पुस २८ देखि माघ ८ गतेसम्म चल्ने म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाका लागि करिब कलाकारको टुंगो लागेको स्टेज संयोजक पत्रकार अमित विश्वकर्माले जानकारी दिनुभयो ।

Leave a Reply