म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणालीको प्रयोगसँगै नगरबासीको सूचना संकलन तथा सहयोगका लागि सहज भएको छ । युएनडिपी नेपाल र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संगम म्याग्दीको ब्यवस्थापनमा नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरेसँगै सेवाप्रवाह सहज भएको छ ।

शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख सुरत केसीले १० वटै वडामा डिजिटल घर नम्बरिङले नगरबाट प्रदान गरिने हरेक प्रकारका सेवाहरू तथा समस्यामा परेका नगरबासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने सहज भएको बताए । बेनी नगरपालिकामा कुल घर संख्या ७ सय ४४० रहेको छ । कुल जनसंख्या २८ हजार ९६७ रहेकोमा पुरुष १५ हजार १३३, महिला १३ ह जार ८३० र योनिक अल्पसंख्य ४ जना छन् ।

नगरपालिकाभित्र ३ महिनाभन्दा कम खाद्य निर्भरत भएका १४ सय ७८ घरधुरी, घरमै पिउने पानीको सुविधा नभएका ६७५ घरधुरी, नदी किनारामा रहेका घरधुरी २५६, आफ्नै घरमा शौचालय नभएका १ सय २२ , समुदायमा रहेको पिउने पानीमा निर्भर ५ सय २२ घरधुरी, विजुली जडान नभएका ३७ घर, सिचाई सुविधा नपुगेका ५१ सय ५७ घरधुरी, खाना पकाउन काठदाउराको प्रयोग गर्ने घरधुरी ४६ सय ९ जना रहेका छन् ।

नगरभित्रका सबै घरधुरीमा डिजिटल घर नम्बर प्रणाली जडान गरेपछि घरपरिवारको परिचय, घटना दुर्घटना तथा विपत्तको सूचनाका साथै तत्काल सहयोगका लागि समेत सहज भएको छ ।

नगरपालिकाले घरदैलोमा पु्गेर तयार गरेको विवरणमा ब्यक्तिगत विवरणसहित शैक्षिक योग्यता,आर्थिक अवस्था कमजोर भएका, अपाङ्ता, खानेपानी, स्वास्थ्य, शौचालय, घरधुरीबाट स्वास्थ्य संस्था, शैक्षिक तथा अन्य सेवा लिन सकिने संघसंस्थासम्म पुग्ने दुरी समेत हेर्न सकिन्छ । नगरपालिकाबाट सेवा लिनेहरुको विवरण समेत घर नम्बरमै अपडेट हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाई छ ।

डिजिटल नम्बरिङसँगै नगरपालिकाले आर्थिक सहायताका लागि आर्थिक तथा सामाजिक रुपमा विपन्न,पूर्णरुपमा अपाङ्ता भएका, एकल महिलाहरूलाई जिविकोपार्जन र औाषधि उपचारमा सहयोग गर्न युएनडिपी नेपाल, संगम म्याग्दी र राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा घरदैलोमै पुगेर ३ सय ४० महिलालाई बिना सर्त २७ हजार नगद सहयोग गरी लाभग्राहीलाई ९२ लाख नगदै वितरण गरिने छ ।

बि.स २०८१ साउन महिनादेखि लागु भएको परियोजनाले विपन्न महिलाहरुको राष्ट्रिय बाणिज्य बैकमा समृद्धि बचत खाता खोलेर दुई किस्तामा २७ हजार आर्थिक सहयोग गरिएको छ ।

राष्ट्रिय बाणिज्य बैकले प्रत्येकको घरमै पुगेर खाता खोल्ने, बैंकसम्म आउन नसक्नेलाई घरमै नगद पु¥याउने तथा प्रत्येक खातावालालाई १ सय नगद जम्मा समेत गरिदिन्छ । अति विपन्नलाई स्वास्थ्य विमा सहित नागरिकता नभएका लाभग्राहीलाई नागरिकता दिलाइएको छ ।

 

Leave a Reply