“अब म नयाँ जीवन जिउनेछु । पुरानो बानी, पुराना सोच र पुराना डरहरूलाई म आज यसै क्षण विदा गर्दैछु । म आफैँलाई नयाँ रूपमा चिन्नेछु ।”
यी सङ्कल्पित वाक्यहरु थिए श्री टीका बहादुर जुग्जालीका, जब उहाँ गुरु डा. योगी विकासानन्दको अगाडि ध्यानस्थ भएर बस्नुभएको थियो । त्यो क्षण उहाँको जीवनको निर्णायक मोड थियो, जहाँ पुरानो जीवनशैलीको पृष्ठभूमि छोड्दै नयाँ अध्याय लेख्नका लागि सङ्कल्प गरिँदै थियो । पुराना आदतहरूलाई त्याग्ने साहस, विगतका असफलताहरूप्रति आत्मस्वीकृति र उज्ज्वल भविष्यको खोजीका लागि आत्मसमर्पणको यो पलले उहाँको जीवनको सम्पूर्ण दिशा परिवर्तन गरिदियो ।
गुरुको सामुन्ने उहाँले आफ्नो हृदय खोलेर जीवनको सम्पूर्ण तौललाई हल्का गर्ने प्रयास गर्नुभयो । गुरुका गम्भीर तर प्रेरणादायी शब्दहरूले उहाँलाई आत्मा र जीवनका गहिरा आयामहरूसँग जोडिदिए । त्यो क्षणमा उहाँले महसुस गर्नुभयो पुराना सीमाहरू, भयहरू र सोचहरूले जीवनलाई सधैँभरि बाँधेर राख्न सक्दैनन् ।
नयाँ सुरुवातको यो प्रतिबद्धता केवल मानसिक परिवर्तनमा मात्र सीमित रहेन । यो रूपान्तरणलाई मूर्तरूप दिन उहाँले नयाँ नाम पनि धारण गर्नुभयो– “नवीन”, यो “नवीन” नामले उहाँको आत्मसङ्कल्पलाई नयाँ परिचय दियो । यो नामले उहाँको जीवनको पुनर्जन्मको घोषणा ग¥यो । तर “नवीन” बन्ने यो क्षण कुनै सजिलो यात्राको परिणाम थिएन । यस अघि उहाँले सङ्घर्ष, आत्मखोज र जीवनका गहिरा प्रश्नहरूसँग लड्नु परेको थियो । ती सबै अनुभवहरूले नै उहाँलाई आत्मसाक्षात्कारको मार्गमा डो¥याएका थिए ।
गुरुका शब्दहरू र आफ्नो सङ्कल्पको बलमा उहाँले महसुस गर्नुभयो– जीवनको सम्पूर्ण सम्भावना आफ्नो भित्री परिवर्तनमा छ । नयाँ जीवनको यो सुरुवात केवल व्यक्तिगत परिवर्तनको यात्रा थिएन, यो उहाँका लागि समाजमा सकारात्मक परिवर्तन ल्याउने साधन बन्न पुग्यो । “नवीन” बन्नु उहाँको लागि केवल नाम परिवर्तन थिएन, यो उहाँको भित्री जागरणको प्रतीक थियो ।
त्यस दिनको निर्णयले उहाँको जीवनलाई मात्र होइन, उहाँको सम्पर्कमा आएका अनगिन्ती मानिसहरूको जीवनलाई पनि उज्यालो बनायो । “नवीन”को रूपमा श्री टिका बहादुर जुग्जालीले जीवनलाई नयाँ दृष्टिकोणले हेर्न सिकाउनु भएको छ– जहाँ आत्मबोध, सेवा र साधनाले जीवनलाई सम्पूर्ण बनाउँछ ।
म्याग्दी जिल्लाको बिम गाउँ, जहाँको अनुपम प्राकृतिक सौन्दर्यले सधैँ मानिसको मनलाई ताजा राख्छ, त्यही गाउँमा २०२८ साल श्रावण १० गते श्री टीका बहादुर जुग्जालीको एक्लो सन्तानको रूपमा जन्म भयो । उहाँका पिता बलबहादुर जुग्जाली र माता जसमति जुग्जालीको कोखबाट जन्मिनु भएको भए पनि उहाँको सम्पूर्ण पालनपोषण उहाँकी ठूलीआमा तुलसी जुग्जालीले गर्नुभयो । उहाँले प्रायः भन्नुहुन्छ, “जन्म दिने आमा भए पनि, ठूलीआमाको अपार माया र अमूल्य स्नेहका लागि म सदैव ऋणी छु ।” यस वाक्यमा उहाँको जीवनप्रतिको कृतज्ञता र ठूलीआमा तुलसी जुग्जालीप्रति गहिरो सम्मान प्रकट हुन्छ । जन्म दिने आमाको प्रेमले जीवन दिन्छ भने, पालनपोषण गर्ने मातृत्वको ममताले जीवनको आधार तयार गर्छ । ठूलीआमाको स्नेहले उहाँको बाल्यकालमा केवल सुरक्षित काख मात्र दिएन, यसले उहाँलाई जीवनका मूल्य र संस्कारको गहिरो पाठ पनि सिकायो । ठूलीआमा तुलसी जुग्जालीको ममतामयी काख र जीवनशैलीले उहाँको बाल्यकाललाई सादगी, संस्कार र सहृदयताका मूल्यले भरिपूर्ण बनायो । ठूलीआमाको दायित्वले उहाँलाई केवल अभिभावकको स्नेह मात्र दिएन, यसले उहाँलाई जीवनका प्रारम्भिक पाठ सिकाउँदै आत्मनिर्भरता र दायित्वबोधको मार्गमा डो¥यायो । यो प्रेम र पालनपोषणको आधारले नै उहाँको भविष्यको आधारभूत व्यक्तित्व निर्माण ग¥यो, जसले पछि गएर उहाँलाई समाजका लागि प्रेरणाको स्रोत बन्न सहयोग ग¥यो ।
उहाँको प्रारम्भिक शिक्षा गाउँकै श्री किसानी निम्न माध्यमिक विद्यालयबाट शुरु भयो । कक्षा ७ सम्मको अध्ययन पछि उहाँले आफ्नो शिक्षा यात्रा जारी राख्न दर्बाङ्गस्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा भर्ना हुनु भयो । २०४७ सालमा उहाँले एस.एल.सी. उत्तीर्ण गरेर आफ्नो विद्यालय जीवनको पहिलो माइलस्टोन पार गर्नुभयो ।
श्री नवीन जुग्जालीको जीवनमा एउटा मोड तब आयो, जब उहाँले आफ्नो जीवनका व्यावहारिक चुनौतीहरूको सामना गर्न खाडी मुलुकतर्फ जाने निर्णय गर्नुभयो । त्यो समय भविष्यप्रतिको सपना बोकेर गाउँको माटो छोड्ने उहाँको त्यो यात्रा सहज भने थिएन । विदेशको भूमि जहाँ हरेक दिन सङ्घर्षका नयाँ अध्याय लेखिन्थे, उहाँका लागि एक गहिरो पाठशाला बन्यो । भौतिक सुख र सामाजिक प्रतिष्ठाका लागि गरिएको परिश्रमले उहाँलाई सङ्घर्षको वास्तविकता बुझायो । दिनरातको कडा परिश्रमले उहाँलाई जीवनका आधारभूत सत्यहरूसँग परिचित गरायो ।
परदेशमा बिताएका ती दिनहरूमा शारीरिक थकान र मानसिक एक्लोपनका बीच उहाँले महसुस गर्नुभयो– स्वदेश फर्केर केही मौलिक र अर्थपूर्ण कर्म गर्ने । स्वदेश फर्कने निर्णयसँगै उहाँले केवल एउटा भूगोलको यात्रा समाप्त गर्नुभएन, उहाँले जीवनलाई नयाँ दृष्टिकोणले हेर्ने नयाँ अध्याय सुरु गर्नुभयो । यही अनुभवले उहाँलाई भौतिकताबाट पर आत्मिक जागरण र साधनाको यात्रामा अघि बढ्न उत्प्रेरित ग¥यो ।
स्वदेश फर्किएपछि जीवनको गहिरो अर्थ र जगतको मौलिक सत्यलाई जान्ने चाहनाले जुग्जालीज्यूलाई एक नयाँ यात्रामा डो¥यायो । यही क्रममा उहाँको भेट डा. योगी विकासानन्दसँग भयो । गुरुसँगको यो भेट उहाँको जीवनको अर्को निर्णायक मोड बन्यो । गुरु विकासानन्दको सान्निध्यमा बसेर उहाँले जीवनको गहिरा आयामहरूलाई स्पर्श गर्न थाल्नुभयो । गुरुले योग, ध्यान, रेकी र सुपरलर्निङ्गजस्ता विधाहरूको माध्यमबाट उहाँलाई आत्मा, मन र शरीरको गहिरो एकता बुझ्न सिकाउनुभयो । यी विधाहरू केवल साधनाहरू थिएनन्, ती उहाँका लागि आत्मसाक्षात्कारका पाटोहरू बने । योगको अभ्यासले उहाँलाई शारीरिक र मानसिक सन्तुलनको महत्त्व बुझायो । ध्यानले उहाँलाई आन्तरिक शान्ति र आफ्नो चेतनालाई गहिरो रूपमा अन्वेषण गर्ने मार्ग देखायो । रेकीले उहाँलाई जीवन ऊर्जाको स्रोतसँग जडान गराउँदै, आत्मिक उपचार र जगतलाई सकारात्मक दृष्टिले हेर्न प्रेरित ग¥यो । योग ध्यानमार्फत जीवनको गहिराइमा डुबुल्की मार्दै उहाँले आफ्नै अस्तित्वलाई पुनः परिभाषित गर्न थाल्नुभयो । यस यात्राले उहाँलाई भौतिकताबाट आत्मिकतामा र साधारणताबाट असाधारणतामा पु¥यायो ।
गुरु डा. योगी विकासानन्दबाट योग, ध्यान, रेकी र सुपरलर्निङ्गजस्ता विधाहरूमा शिक्षित र दीक्षित हुँदै उहाँको आध्यात्मिक यात्रामा गहिरो साधना र आत्मिक जागरणको मार्गमा निरन्तर प्रगति हुँदै आएको छ ।उहाँले डा. योगी विकासानन्दको मार्गदर्शनमा योग, ध्यान र रेकीमा निपुणता हासिल गर्नुका साथै श्री श्री रविशंकर, शैलेन्द्र स्वामी, सत्यनारायण महाराज र डा. नारायणदत्त श्रीमाली (निखिलेश्वरानन्द महाराज) को सिद्धाश्रमबाट दीक्षित हुँदै साधनाको गूढ ज्ञान प्राप्त गर्नुभएको छ ।
श्री नवीन जुग्जालीले आफ्नो जीवनलाई आत्मिक उन्नतिमा मात्र रूपान्तरण गर्नु भएन, उहाँले यो ज्ञानलाई समाजसँग पनि बाँड्ने गहिरो जिम्मेवारी महसुस गर्नुभयो । गुरुहरुको सान्निध्यमा सिकेको यो अमूल्य ज्ञान केवल व्यक्तिगत उपयोगका लागि सीमित रहनु हुँदैन भन्ने उहाँको गहिरो सोच थियो । उहाँले महसुस गर्नु भयो– जस्तो लाभ उहाँले यी विधाहरूको अभ्यासबाट प्राप्त गर्नुभयो, त्यस्तै लाभ समाजका हरेक व्यक्तिले पनि पाउनुपर्छ । यही सोचले उहाँलाई योग, ध्यान र रेकीलाई आम जनतासम्म पु¥याउन प्रेरित ग¥यो ।
श्री नवीन जुग्जालीज्यूले करिब दस वर्ष ललितपुरको नखिपोटमा योग केन्द्र स्थापना गरी योग, ध्यान र रेकीमार्फत सेवा गर्नुभयो । यस अवधिमा उहाँले काठमाडौँ, पोखरा, पर्वत, बागलुङ्ग, स्याङ्जा, विराटनगर, भैरहवा र लमजुङ्ग लगायतका जिल्लाहरूमा योग शिविर सञ्चालन गरी मानिसहरूको शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यमा महत्वपूर्ण योगदान दिनुभयो ।
उहाँले आफ्नो पहिलो योग शिविर २०६० सालमा म्याग्दी जिल्लाको बेनी बजारमा सञ्चालन गर्नुभयो । २०६९ सालसम्म विभिन्न समयमा योग र ध्यान शिविर चलाउँदै, उहाँले रेकी दीक्षा पनि प्रदान गर्नुभयो । २०७० सालदेखि बेनी बजारलाई कर्मभूमि बनाउँदै उहाँले निरन्तर योग, ध्यान र रेकीमार्फत सेवा गरि रहनु भएको छ । २०७२ सालमा “नवीन आनन्द योग केन्द्र नेपाल” स्थापना गरी उहाँले बेनी बजारलाई योग, ध्यान र रेकीका लागि एक प्रमुख केन्द्रका रूपमा स्थापित गर्नुभएको छ । उहाँको प्रयासले म्याग्दीमा योग र ध्यानको प्रभावलाई व्यापक बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याएको छ ।
उहाँको उद्देश्य भनेको मात्र केही व्यक्तिलाई ज्ञान दिनु नभई सम्पूर्ण मानव समाजलाई लगायत म्याग्दी जिल्लाको प्रत्येक गाउँपालिकामा पुगेर योग, ध्यान र रेकीको शिक्षा प्रवाहित गर्नु हो । उहाँले थुप्रै गाउँपालिकाहरूको वडा वडामा पुगेर आफ्ना प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै मानिसहरूको जीवनलाई सकारात्मक परिवर्तनतर्फ डो¥याउनुभएको छ । यसरी गाउँ–गाउँमा पुगेर योग, ध्यान र रेकी सिकाउने यो अभियान केवल प्रशिक्षणको कार्यक्रम मात्र होइन, समाजमा स्वास्थ्य, शान्ति र सकारात्मक सोच फैलाउने एउटा जागरण हो । उहाँका प्रयासहरूले गाउँका सर्वसाधारणदेखि युवासम्मलाई योग र ध्यानप्रति आकर्षित गरेको छ ।
श्री नवीन जुग्जालीज्यूको अथक प्रयास, समर्पण र उहाँको योग प्रशिक्षक तथा रेकी मास्टरको हैसियतले म्याग्दी जिल्लामा योग र रेकीको उल्लेखनीय विकास भएको छ । उहाँको प्रशिक्षण र मार्गदर्शनमा ५० भन्दा बढी योग प्रशिक्षक र हजारौँ रेकी हिलरहरू तयार भएका छन्, जसले म्याग्दीका गाउँगाउँमा योग र रेकीको ज्ञान, अभ्यास र स्वस्थ जीवनशैलीको प्रचारप्रसार गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
श्री नवीन जुग्जालीले योग, ध्यान र रेकीको माध्यमबाट म्याग्दी जिल्लाको हरेक कुनासम्म पुगेर मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै गर्दा, उहाँको दुरदृष्टि अझै व्यापक छ । उहाँको सपना छ– म्याग्दी जिल्लालाई “योग जिल्ला”का रूपमा चिनाउने । उहाँको यो योजना केवल व्यक्तिगत आकाङ्क्क्षा होइन, यो एक सामाजिक अभियान हो, जसले म्याग्दी जिल्लाका सबै नागरिकलाई योग र ध्यानप्रति जागरूक बनाउने लक्ष्य राख्छ । “योग जिल्ला” घोषणाले म्याग्दीको पहिचानलाई मात्र उचाइमा पु¥याउने छैन, यसले यहाँका मानिसहरूको स्वास्थ्य, जीवनशैली र चेतनामा गहिरो प्रभाव पार्नेछ । म्याग्दीलाई “योग जिल्ला”का रूपमा घोषणा गर्नु केवल एक उपाधि प्राप्त गर्ने कुरा होइन, यो त स्वस्थ, सन्तुलित र आध्यात्मिक चेतनाले भरिएको समाज निर्माण गर्ने मार्ग हो । उहाँको यो परिकल्पना म्याग्दीको मात्र नभई सम्पूर्ण देशका लागि प्रेरणाको स्रोत बन्नेछ ।
श्री नवीन जुग्जालीले मनोक्रान्ति ध्यान सहित ओशो ध्यान, विपश्यना ध्यान र श्री श्री रविशंकर ध्यान सिकेर अन्य विधिहरू पनि गहिरो रूपमा अभ्यास गर्नुभयो । यी विधिहरूले ध्यानको गहिरो आयामलाई उजागर गरे पनि प्रशिक्षणका क्रममा उहाँले अनुभव गर्नुभयो कि धेरैका लागि ध्यानका पारम्परिक विधिहरू कठिन र चुनौतीपूर्ण ठहरिन्छन् । समाजका धेरै मानिसहरू जो ध्यानप्रति आकर्षित छन् तर समय र कठिन अभ्यासका कारण नियमितता कायम गर्न असमर्थ छन् तिनीहरूलाई सजिलो र सहज विधि आवश्यक छ भन्ने बोध उहाँलाई भयो ।
यही अनुभव र बोधका आधारमा श्री नवीन जुग्जालीले “सहज ध्यान” विधिको विकास गर्न सुरु गर्नुभएको छ । “सहज ध्यान” एउटा यस्तो विधि हो, जसले ध्यानलाई सबैका लागि सरल, सुलभ र व्यावहारिक बनाउने लक्ष्य राख्छ । यस विधिमा कुनै जटिल आसन, लामो समयको अभ्यास वा विशिष्ट विधिका बन्धनहरू छैनन् । यो विधि मानिसहरूको दैनन्दिन जीवनशैलीसँग मेल खाने सरल तर प्रभावकारी अभ्यास हो ।
श्री नवीन जुग्जाली प्रायः भन्ने गर्नु हुन्छ, “ध्यान भनेको कठिन साधना मात्र होइन, यो जीवनको सहज अंश बन्नुपर्छ । सहज ध्यान अभ्यास गर्दा व्यक्तिले आफैँलाई कुनै विशेष नियम वा प्रक्रियामा बाँध्नु पर्दैन । यसको उद्देश्य हो– ध्यानलाई जीवनसँग सुमधुर बनाउँदै मानिसलाई आफ्नो आन्तरिक शान्ति र स्पष्टतासँग जोड्नु ।”
बालुवाटारस्थित ओशो आनन्द बाटिकामा ध्यान साधनामा तल्लीन रहँदा श्री नवीन जुग्जालीज्यूले आफ्नो आन्तरिक ऊर्जा र चक्रहरूको अद्वितीय अनुभव गर्नुभयो । सोही ध्यानस्थ अवस्थाका क्रममा “इलेक्ट्रोइन सेफेलोग्राफ” प्रयोगद्वारा उहाँको स्वाधिष्ठान, मणिपूर र अनाहत चक्र सक्रिय रहेको प्रमाणित गरियो । यो वैज्ञानिक परीक्षणले उहाँको साधनामा गहिरो आध्यात्मिक प्रगति भएको पुष्टि मात्र गरेन, उहाँको आन्तरिक ऊर्जा प्रवाह र ध्यानको गहन अवस्थाको झल्को पनि दियो । यो ऐतिहासिक क्षणको सम्मानस्वरूप उहाँलाई ओशो अनुयायीका रूपमा “स्वामी प्रेममूर्ति” नाम प्रदान गरियो । यो नामले उहाँको व्यक्तित्व, ध्यानप्रतिको समर्पण र प्रेमको जीवन दर्शनलाई परिपूर्ण रूपमा झल्काउँछ । प्रेममूर्ति नामले उहाँको आन्तरिक शान्ति, ध्यानको गहिरो अनुभूति र मानवताप्रतिको अटूट प्रेमको प्रतिबिम्ब गर्दछ ।
श्री नवीन जुग्जालीज्यूको बहुमुखी प्रतिभा केवल योग, ध्यान, रेकी र समाजसेवामा मात्र सीमित छैन । उहाँ एक कुशल लेखक पनि हुनुहुन्छ । उहाँको लेखनशैलीमा गहिरो संवेदना, सजीवता र भावनाको उत्कृष्ट अभिव्यक्ति पाइन्छ । उहाँको लेखनमा भाषा र शव्दको बेजोड सङ्गम पाइन्छ । सरल तर प्रभावशाली शैली, गहिरो विचारधारा र भावनात्मक गहिराइले पाठकलाई प्रत्येक पङ्क्तिमा बाँधेर राख्छ । उहाँको साहित्यिक यात्रा कविता, मुक्तक, गीत र गजलजस्ता विधाहरूबाट सुरु भएको हो । उहाँद्वारा रचित “सन्देश” शीर्षकको कविता म्याग्दी हवाई पत्रिकामा उत्कृष्ट कविताको रूपमा पुरस्कृत पनि भएको छ । यो सम्मानले उहाँको साहित्यिक क्षमता र सिर्जनात्मक सोचलाई थप उजागर गरेको छ । उहाँद्वारा रचित “त्रिवेणी“ नामक कविता सङ्ग्रह पनि प्रकाशित भएको छ ।
उहाँको कलमले भावनाका रङ्गिन पक्षलाई उजागर ग¥यो, प्रेम, जीवन र प्रकृतिका सुन्दर पक्षलाई व्यक्त ग¥यो । तर समयसँगै उहाँको लेखनले आध्यात्मिकताको मार्ग समातेको छ । अध्यात्मको क्षेत्रमा लेख्दा उहाँको कलमले पाठकलाई जीवनको गहिरो अर्थ बुझ्न र आत्मबोधको मार्गतर्फ डो¥याउन मद्दत गर्छ । उहाँका लेखहरूले पाठकलाई केवल ज्ञान दिनु मात्र होइन, जीवनलाई नयाँ दृष्टिकोणले हेर्ने प्रेरणा प्रदान गर्दछ । अहिले उहाँको लेखनले जीवनका गहन प्रश्नहरूको उत्तर खोज्ने र चेतनाको उच्च स्तरमा पुग्न प्रेरित गर्ने शक्तिशाली माध्यमको रूप लिएको छ । उहाँ लामो समयदेखि “बेनी अनलाइन”को “व्यक्तित्व परिचय” स्तम्भसँग विशेष रूपमा जोडिनु भएको छ । यस स्तम्भमा उहाँका लेखहरूले व्यक्तित्व विकास, आत्मनिर्भरता र समाजप्रतिको दायित्वजस्ता विषयवस्तुहरूलाई प्रस्ट पार्छन् ।
करिब एक शताब्दी अगाडि स्वर्गद्वारी महाप्रभुका चेला म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७, बिमको गुफावनमा आएर ध्यानसाधना र हवन गरेका थिए । यो पवित्र भूमि जहाँ उनले हवन गर्ने हवन कुण्ड, कुटीको भग्नावशेष र ध्यान गर्ने बाँझ वृक्ष अझै प्रमाणका रूपमा रहेका छन्, समयक्रममा उपेक्षित र वेवारिसे अवस्थामा पुगेको थियो । त्यस पवित्र स्थललाई स्थानीयहरूले “प्रभुचेला” भनी चिन्ने गरे पनि यसको ऐतिहासिक महत्त्वबारे विशेष जानकारी नहुँदा यो स्थान ओझेलमा परेको थियो । तर श्री नवीन जुग्जालीको हृदयमा यो तपोभूमिको पुनर्जागरण गर्ने गहिरो अभिलाषा जाग्यो । उहाँले यो स्थलको महत्त्व उजागर गर्दै यसलाई साधनास्थलको रूपमा विकसित गर्ने दृढ सङ्कल्प गर्नुभयो ।
यो तपोभूमिको वास्तविक इतिहास र महत्त्व पत्ता लगाउन श्री जुग्जालीले विभिन्न समयमा स्थानीय वृद्धहरूसँग सोधपुछ गर्न थाल्नुभयो । साथै उहाँले स्वर्गद्वारी आश्रममा पुगेर त्यहाँका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्नुभयो । गहिरो खोज अनुसन्धान गर्दै उहाँले यो स्थानमा स्वर्गद्वारी महाप्रभुका कुन चेला आएर साधना गरेका रहेछन् भन्ने तथ्य पुष्टि गर्न पहल गर्नुभयो । उहाँको अनुरोधमा स्वर्गद्वारीका गुरुहरु साथै विशिष्ट व्यक्तिहरू बिमको उक्त स्थलमा आएर खोज अनुसन्धान गरे । यो तपोभूमि महाप्रभुका चेला स्वामी कपिलानन्द गिरिले ध्यान र हवन गरेको स्थल हो भन्ने तथ्य प्रमाणित गरे । यो प्रमाणीकरणले उक्त स्थानलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले पुनः जीवन प्रदान ग¥यो ।
श्री नवीन जुग्जालीको पहलमा अहिले प्रभुचेला तपोभूमि भौतिक पूर्वाधारका रूपमा विकसित हुँदै गएको छ । उहाँले यो स्थललाई केवल ऐतिहासिक प्रमाणका रूपमा मात्र सीमित राख्ने होइन, यो स्थानलाई साधना र आत्मिक उन्नतिको केन्द्र बनाउने लक्ष्य राख्नु भएको छ । पवित्र स्थलको सम्वर्धनका लागि उहाँले आवश्यक भौतिक संरचना निर्माण, जनचेतना फैलाउने अभियान र आध्यात्मिक प्रचारप्रसार गर्दै आउनुभएको छ । प्रभुचेला तपोभूमि जसले कहिल्यै पनि आफ्ना मौलिकता र महत्त्वको उज्यालो पाउन सकेको थिएन, अब श्री नवीन जुग्जालीको प्रयासले धार्मिकता तथा आध्यात्मिकताको केन्द्रका रूपमा विकसित हुँदैछ ।
२०८१ साल पौष ६ गते, म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७, बिममा अवस्थित प्रभुचेला धुरी ध्यानाश्रममा ऐतिहासिक दिन रचियो । श्री नवीन जुग्जालीज्यूको सोच र योजनामा लगभग दुई सय जना भन्दा बढीको सहभागितामा प्रथम विश्व ध्यान दिवस २०८१ “वसुधैव कुटुम्बकम्” भन्ने महान् नाराका साथ सामुहिक ध्यान गरेर भव्य रूपमा सम्पन्न गरियो । यो दिवसले केवल ध्यानप्रेमीहरूको सामूहिक ऊर्जा र आत्मिक साधनाको महत्त्वलाई उजागर गरेन, यसले विश्वमैत्री र शान्तिको सन्देशलाई थप सशक्त रूपमा प्रवाह ग¥यो । प्रभुचेला धुरी ध्यानाश्रमको शान्त वातावरण र श्री नवीन जुग्जालीज्यूको मार्गदर्शनमा गरिएको यो ध्यान अभ्यास सहभागीहरूको लागि अद्वितीय र प्रेरणादायी बन्यो ।
यो दिवस मात्र एक दिनको कार्यक्रम नभई एक दिर्घकालीन अभियानको सुरुवात थियो । श्री नवीन जुग्जालीज्यूको सोच छ– ध्यान दिवसलाई हरेक वर्ष निरन्तरता दिने र यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्दै ध्यानमार्फत विश्वमैत्री र शान्तिको सन्देश फैलाउने । उहाँको विश्वास छ कि ध्यान मानव सभ्यताको सुदृढीकरण र सह–अस्तित्वका लागि सबैभन्दा सशक्त माध्यम हो ।
श्री नवीन जुग्जालीज्यूले योग प्रशिक्षकका रूपमा लामो अनुभवका आधारमा, योग सिकाउने र सिक्ने प्रक्रियालाई सहज र प्रभावकारी बनाउन विभिन्न योग प्याकेजहरू निर्माण गर्नुभएको छ । यी प्याकेजहरू विभिन्न आवश्यकता र क्षमताका व्यक्तिहरूका लागि विशेष रूपमा तयार गरिएका छन्, जसले योग अभ्यासलाई सुलभ र व्यवस्थित बनाउँछ । उहाँका प्याकेजहरूले शारीरिक अभ्यास, मानसिक शान्ति र आत्मिक जागरणका लागि आसन, प्राणायाम, ध्यान र जीवनशैली सुधारका विधिहरूलाई सन्तुलित रूपमा समेटेका छन्, जसले सिक्ने र सिकाउने दुवैलाई फाइदा पु¥याएको छ ।
श्री नवीन जुग्जालीज्यूले योग, ध्यान, रेकी र समाजसेवामा पु¥याउनु भएको विशिष्ट योगदानका कारण विभिन्न स्थानहरूमा अनगिन्ती सम्मानपत्र प्राप्त गर्नु भएको छ । उहाँका योगदानहरूलाई कदर गर्दै संस्थागत, सामुदायिक र प्रदेश स्तरमा उहाँलाई बारम्बार सम्मानित गरिएको छ । यी सम्मानपत्रहरूले उहाँको अथक परिश्रम, समर्पण र समाजप्रतिको योगदानको प्रमाण प्रस्तुत गर्छन् । चाहे योग र ध्यानलाई प्रवद्र्धन गर्ने प्रयास होस्, चाहे आध्यात्मिक ज्ञानलाई फैलाउने अभियान, उहाँका कार्यहरू सधैँ प्रशंसा र प्रेरणाका स्रोत बनेका छन् ।
अन्तमा भन्नै पर्छ कि श्री नवीन जुग्जालीज्यू बिम गाउँका मात्र होइन, म्याग्दी जिल्लाका एक असल, प्रेरणादायी र समाजसेवी व्यक्तित्व हुनुहुन्छ । योग, ध्यान र रेकीजस्ता विधिहरूको माध्यमबाट उहाँले समाजमा शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र आत्मिक जागरणको नयाँ आयाम खोल्नु भएको छ । उहाँको यो यात्रा केवल व्यक्तिगत साधनाको गाथा होइन, यो समाजका लागि प्रेम, सेवा र चेतनाको जागरणको मिसाल हो । उहाँको योगदानले व्यापकरुपमा समाजलाई पनि लाभान्वित गरिरहेको छ, जुन अतुलनीय छ । उहाँको कर्म, समर्पण र दुरदृष्टि समाजको लागि प्रेरणाको उज्यालो बनेको छ ।
– सञ्जय जुग्जाली, मालिका गाउँपालिका–७, बिम, म्याग्दी