म्याग्दीको सामुदायिक विद्यालयमा अध्ययनरत तीन बालबालिकाको पठनपाठनका लागि अमेरिकाको लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले ९० हजार सहयोग गरेको छ ।
बेनी नगरपालिका-८,कालीपुलको बालमन्दिर मावि र बेनपा-२ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालय र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले चरम गरिबीसँगै जुध्दै विद्यालयमा आउने र आमाबु्बाले बेवास्ता गरेको बारेमा तयार पारेको भिडियो साम्रागी हेरेर प्रति विद्यार्थी ३० हजार सहयोग गरिएको हो ।
विद्यालयमा कम्प्यूटर सहयोग गर्ने गरी आयोजित च्यारेटी डिनरमा आमाबुबाले छोडेपछि मावली हजुरआमासँग बस्दै आउनुभएकी डम्बराकी सरस्वती आमाविमा कक्षा ६ मा पढ्ने सृष्टि विक, बालमन्दिर माविमा कक्षा ८ मा पढ्ने दोबाका रिजन पूर्जा र कक्षा ५ की सोनिया क्षत्रीलाई बेनी नगरपालिकाका मेयर सुरत केसी, लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजका चार्टर प्रेसीडेन्ट बैकुण्ठमान श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो ।
कालिपुल घर भई अमेरिकामा रहनुभएका प्रेम सिकेको पहलमा संकलन विद्यालय र भिडियोमा प्रस्तुत भएका विद्यार्थीलाई सहयोग गरिएको जिल्लामा सहयोग हस्तान्तराण्को संयोजनकर्ता लायन्स क्लव अफ बेनी लभ्लीहिलका सचिव ओमप्रसाद शर्माले बताउनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा च्यारेटी डिनरमा सहभागी चार्टर प्रेसीडेन्ट श्रेष्ठले तीन जना विद्याथीका बारेमा प्रस्तुत भिडियोले भाबुक भएको बताउनुभयो ।
‘बालबालिकालाई आगामी दिनमा पनि सहयोगको वातावरण बनाउँछौ, भिडियोले विद्यालयलाई पनि सहयोग जुटाउन सहज भएको थियो’ श्रेष्ठले भन्नुभयो । विद्यार्थी सृष्टि विकका बुबा र आमाले दोस्रो विवाह गरेका थिए भने रिजनका आमाले दोस्रो विवाह र बुबाले समेत बेवास्ता गरेपछि ७० बर्षिया हजुरआमाले पढाइरहनुभएको छ ।
त्यस्तै रघुगंगा गाउँपालिका–२,भगवतीकी सोनियाका बुबा भारतमा बेपत्ता छन भने आमाले मासिक ५ ह जार तलबबाट पालनपोषण र पढाईमा खर्च गर्ने गर्नुहुन्छ ।
विद्यार्थीको दैनिकी भिडियोमा झल्किएको बालमन्दिर माविका प्रधानाध्यापक सुरेन्द्र केसीले बताउनुभयो । उक्त सहयोग विद्यार्थीको शैक्षिक र घरायसी गतिविधिमा खर्च गर्न सहज भएको सरस्वती आमाविका प्रअ छेमबहादुर गर्बुजाको भनाई छ ।