म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन राहुघाट जलविद्युत आयोजनाको बुक्लमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यो गाउँपालिकाको वडा नं ४ मा रहेको अडिट नम्बर २ को सुरुङ जाने बाटोबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने सचालक र सह-चालकको मृत्यु भएको हो ।

डिपि २ ए ७५६८ नम्बरको भारतीय ट्रिपर अडिट २ को घुम्ती नजिक सडकबाट ३ सय मिटर तल खसेको थियो ।बुधबार राती करिब १ बजेदेखि काम गर्ने कार्यक्षेत्रबाटै बेपत्ता भएका दुबै जना बिहिबार विहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसंधान भैरहेको घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सागर पौडेललाई उद्धित गदैं प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा असावधानीका कारण दुर्घटना हुने गरेका छन् । जिल्लाभित्र रहेका जलविद्युत आयोजनामा बर्षेनी मजदुरले ज्यान गुमाउने गरेका छन् ।

Leave a Reply