काठमाडौंको गोंगबुमा स्थापित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले ४२ करोड ५० लाख लगानी गरेको छ । म्याग्दीबाट काठमाण्डौमा बासोबास गर्ने म्याग्देलीको सक्रियतामा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०८०÷८१ मा शेयर पूजी ७ करोड ९२ लाख तथा कुल बचत ४३ करोड ३४ लाख रहेकोमा शेयर लाभांश ३८ लाख १३ हजार वितरण गरेको छ।

कुल १७ सय ९३ जना सदस्य संख्या रहेको सहकारीले पूँजीफिर्ता कोषमा १९ लाख ६८ हजार र जगेडा कोषमा २६ लाख २४ हजार रुपैयाँ बाँडफाँड गर्ने प्रस्तावलाई पारित गरेको छ ।

बुधबार सम्पन्न भएको सहकारीको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गदै संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाले आम म्याग्देलीहरुलाई संगठित गराउँदै, व्यवसायी बनाउन आर्थिक योगदान र वित्तिय ज्ञान दिएको सहकारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख अतिथि गर्बुजाले अहिलेको अवस्थामा सहकारीले फरक परिचय सहित स्थापित भएको बताउँदै जिल्लामा हुने विभिन्न कार्यमा समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले सहकारी क्षेत्रमा देखिएको समस्याले म्याग्दी बचतलाई कुनै असर नगर्नु नै यसको ब्यवस्थापकीय सफलता रहेको बताउनुभयो । साधारणसभाको अवसरमा धौलागिरी सहकारी समुहका संयोजक यामबहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लि. गोंगबु शाखाका प्रबन्धक विष्णु गिरीले मन्तब्य राख्नुभएको थियो । सोही अवसरमा बचत तथा ऋणमा उत्कृष्ट योगदान दिने सदस्यहरु मिरु गुरुङ्ग, कर्णबहादुर घर्ति र लिलमाया छन्त्याललाई सम्मान गरिएको थियो ।

साधारणसभामा म्याग्देली नवप्रतिभावन तथा लोकप्रिय गायक प्रकाश दुतराजलाई छोटो समयमा लोगगीत क्षेत्रमा उदयीमान गायककोरुपमा स्थापित भएकोमा प्रतिभा सम्मान पत्र प्रदान गरिएको थियो । बरिष्ठ लोक गायक खड्ग गबुर्जा, प्रकाश दुतराज र राजन भुजेलले लोकगीत प्रस्तुत गरेको साधारणसभामा अन्य बाल कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्नु भएको थियो ।

सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले तथा स्वागत भाषण उपाध्यक्ष धनलाल जैसीले गर्नु भएको थियो भने अध्यक्षकोतर्फबाट प्रबन्धक विष्णुप्रसाद पौडेलले वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिकोतर्फबाट संयोजक चित्रबहादुर पुनले संछिप्त विवरण प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाले ओमदेवी मल्लको नेतृत्वमा निर्वाचित राष्ट्रिय सहकारी महासंघका पदाधिकारी तथा सदस्यहरु र चन्द्र प्रसाद ढकालको नेतृत्वमा निर्वाचित नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी (नेफस्कुन) का पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

साधारणसभामा संस्थाकी संस्थापक सदस्य स्वर्गीय बिमला गौचन सहित वर्षभरी निधन भएका शेयर सदस्य तथा सदस्यका अभिभावकहरुको स्मरण गर्दै, मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Leave a Reply