भिम शेरचन - 1

अहिले जस्तो सुचना प्रविधि र सामाजिक संजाल भैदिएको भए त्यो “बसन्ते” कति हिट हुँदो हो ? आजकल कोहि क्षणभर मै भाइरल हुन्छ । वि.सं.२०२४ सालतिर बेनीबजार सानो थियो । आवादी कम तर एक आर्कमा अत्यन्तै आत्मियता । बेनी बजार व्यापारिक केन्द्र मात्रै हैन यो शैक्षिक केन्द्र पनि थियो । जिल्लाभर र छिमेकी जिल्लाबाट समेत पढ्न बेनीमा आउने गर्दथे । म्याग्दीको झीं गाउबाट पढ्न झरेको एउटा डल्ले केटो धेरैको नजरमा थियो । गोरो र हँसिलो त्यहि केटो प्रकाश माविले विसं २०२४ सालमा अभागी नामको नाटक मन्चन गर्यो । त्यसपछि त्यसलाई बेनीको चोक चोकमा प्रदर्शन गरियो । नाटकमा एकजना पात्र थियो “बसन्ते” । बसन्ते बाल कलाकारको भूमिकामा थियो । त्यो बेलामा बसंतेको अभिनयले धेरैलाई रुवाएको थियो जति अहिलेको “सारंगी “ फिल्मले रुवाउन नसकेको होला ।

अभागी नाटकमा बालकलाकार थिए भिम शेरचन । उनको अभिनय यति जीवन्त थियो कि बाटोमा हिंडेको देख्दा पनि उनलाई भिम भन्दा अभागीको बसन्ते भनेर चिनिन्थ्यो । पढाइमा पनि अब्बल र अभिनयमा पनि अब्बल रहेको त्यो नाटक हेरेका उनि भन्दा दुइ ब्याच पछिल्ला सुदर्शन कुमारले श्रेष्ठले नाटक बाग्लुंग सम्म लगेर देखाइएको भन्नुहुन्थ्यो ।

नाटक को शिर्षक अभागी त्यो नाटक अभागीका बाल कलाकार भएपनि भिम शेरचन बसन्ते साह्रै भाग्यमानी मान्छे हुन् । ब्यबसायिक रुपमा सफल रहेका भिमले नाटकमा बसन्त र आफ्नो ब्यबसायिक जीवनमा पनि बसन्तको बहार ल्याएका छन् । भिम शेरचन पर्यटन, कृषि र उद्दमशिलताको पर्याय हुन् । म्याग्दीको धार्मिक, शैक्षिक, कृषि, ब्यबसाय र पर्यटनमा भिम शेरचनको नाम सफल व्यक्तिको रुपमा परिचित छ ।

पछिल्लो समय घुम्ने डुल्ने (भ्रमणगनर्)े चलन बढेको छ । अफिसको एकोहोरो काम, व्यवसायको ब्यस्तता, पढ्ने पढाउने काम आजकल यस्सो फुर्सद निकालेर मन बहलाउन आनन्द लिन रमाउन मानिसहरु डांडा पाखा र प्राकृतिक क्षेत्रको भ्रमण गर्न निस्किई हाल्छन । पश्चिम नेपालका धेरैजसो ठाउँहरु हिमाली दृश्यावलोकन गर्न उपयुक्त छन् । तिनै धेरै ठाउँ मध्येको एक प्रख्यात थलो हो गण्डकी प्रदेश म्याग्दी जिल्लाको टोड्के क्षेत्र ।

टोड्के प्राकृतिक दृश्यावलोकन मात्रै नभई एक धार्मिक र ऐतिहासिक स्थल समेत हो । मङ्गला गाउँपालिको पूर्णगाउँ, कुहुँ, रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतबाट सहजै पुग्न सकिने टोड्केमा पर्यटकहरु केहि वर्ष पहिला पहिले टोड्केमा खाजा खाने उपयुक्त ठाउँ नहुँदा, पर्यटकहरु आफैँ खाना खाजा लिएर जानु पर्ने तथा वरिपरिका ग्रामिण बस्तीमा खाना र बास माग्नुपर्ने अबस्था थियो । पछिल्लो समय खाना र बसोबास सुविधाका लागि निजी क्षेत्रबाट टोड्के हिल रिसोर्ट सञ्चालन भएपछी अहिले सहज भएको छ । त्यहि रिसोर्टक संचालक हुन् भिम शेरचन । रिसोर्ट सञ्चालनमा आएपछि सवारी साधनबाट समूहमा घुम्न जानेहरु बढेका छन् । टोड्के जाने मुख्य मार्गमा समेटिएका झिँ र पूर्णगाउँमा होमस्टे समेत सञ्चालनमा रहेका छन् ।

टोड्केमा पर्यटकको आगमन बढाउन रिसोर्टले महत्वपुर्ण भूमिका खेलेको छ । त्यति मात्र नभई यस क्षेत्रको महत्व बढाउन थुप्रै परियोजना समेत संचालनमा छन् । टोड्केलाई साच्चिकै टोड्के बनाउन सो क्षेत्रका बासिन्दाको महत्वपुर्ण हात छ । तिनै मध्येका एकजना दुरदर्शी व्यक्ति हुनुहुन्छ भिम शेरचन । बुढ्यौलीले छोईसकेका भिम शेरचन कपाल फुली सक्दा दाँत झरिसक्दा पनि सो क्षेत्रको बिकासमा जोशका साथ् लागिरहनुभएको छ । पाँच पाण्डवकै भीमको संज्ञा दिने गरिन्छ साहसी आत्मविश्वासी र सहयोगी गौचनलाई ।

भिम गौचनको जन्म वि।सं। २०१२ सालमा म्याग्दीको रघुगंगा गाउँपालिका ५, झीं, (साबिक झीं गाबिस १, म्याग्दी) मा भएको हो । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट विसं २०२८ सालमा एस.एल.सी. उत्तीर्ण गरेपश्चात उहाँले व्यावसायिक तालिम (Vocational Training) लिनुभयो । त्यसपछि पुनः गाउँमै फर्केर अमर मा.वि. पाखापानीमा २ वर्ष शिक्षण कार्यगर्नु भएको थियो । दुइवर्षे सम्मको अध्यापन पश्चात आफन्तहरु भैरहवामा बसोबास गर्दै आउनुभएकोले उहाँहरुको ब्यबसाय (चालम गोदाम) मा काम गर्नुभयो । कामगर्दै जाँदा ब्यबसायिक सिप हाँसिल गर्नुभयो । चामल गोदाममा कमगर्दा तत्कालिन लुम्बिनी अंचलका सबै जिल्लाहरु र पोखरा चितवन सम्म सेना तथा प्रहरीका ब्यारेकहरुमा खाद्दान्न आपुर्र्ती गर्नुभएको थियो ।

लामो समय कामगर्दा ब्यबसायिक सिप हासिल र परिपक्व भएपछि अव अरुको काम गरेर हुँदैन आफ्नै ब्यबसाय गर्नु पर्छ भनेर आफन्तहरु संग नै ३५ प्रतिशत नोक्सानमा रहेको एक ब्यबसायिक फर्ममा लगानी गरेर संचालान गरेको उहाँले बताउनुभयो । केहि समय काम गरेर नोक्सानमा रहेको व्यवसायलाई नाफामा ल्याई सकेपछी चलिरहेको ब्यबसाय छोडेर काठमाडौँ पुग्नुभयो । काठमाडौँ पनि उहाँका आफन्तहरु नै थिए । भैरहवामा बसेर ब्यापार गर्दाको अनुभवले उहाँलाई काठमाडौँ बसेर ब्यापार गर्न कुनै अफ्ठ्यारो भएन । उहाँले हंगकंगबाट ब्यापारगर्ने सोच बनाउनुभयो । उहाँलाई अव नागरिकता र पासपोर्ट बनाउनु पर्नेभयो । तत्कालिन समयमा काठमाडौँबाट तुरुन्तै म्याग्दी फर्केर नागरिकता र काठमाडौँबाट पासपोर्ट बनाइ सकेपछी हंगकंग ब्यापारगर्न शुरु गर्नुभयो । उहाँले हंगकंगबाट तयारी सामान (इलेक्ट्रोनिक सामान) को आयात शुरु गर्नुभयो ।

ब्यापारको शिलशिलामा उहाँले नेपालबाट गलैँचा र पश्मिनाका कपडा बाहिर निर्यात गर्ने र बाहिरबाट इलेक्ट्रोनिक्स र अन्य तयारी सामान आयात गरि राम्रो ब्यापार गर्नुभयो । गौचनको ब्यापार हंगकंगमा मात्रै सिमित भएन सिंगापुर, थाइल्याण्ड सम्म उहाँको आयात निर्यातको ब्यापार फैलियो । गौचन भन्नुहुन्छ “हामीले एक पटकमा त्यतिबेला दुई तीनसय थान टिभी एकै पटकमा आयात गथ्र्यौं “ । ब्यापार यसरी बढ्दै गयो कि अव उत्पादनतर्फ पनि जोडिनुपर्छ भनेर उत्पादन गलैँचा र पश्मिना उत्पादन शुरुगर्नु भयो । शुरुमा हंगकंग व्यापारको क्रममा नेपाली गलैचा र पश्मिनाको माग अन्तराष्ट्रिय बजारमा बढी रहेको थियो त्यसैले उहाँले गलैचा र पश्मिनाको उत्पादन थालेको बताउनु हुन्छ । काठमाडौँ रिंगरोड भित्र मात्रै उहाँका ५ वटा फ्याक्ट्री रहेका थिए । “त्यो बेलामा नेपालबाट निर्यात गर्ने सामानको ब्यापारमा हामी टप १० मा पथ्र्यों पस्मिना र गलैचाको ब्यापार यस्तो थियो कि पैसा गन्ने समेत फुर्सद हुँदैनथ्यो”, गौचनले अनुभव सुनाउनुहुन्छ ।

पछिा आफ्नो ब्यबसाय सम्हाल्न परिवारका अन्य व्यक्ति नहुँदा बिस्तारै छोड्नु परेको उहाँले बताउनुभयो । गौचनका चारवटा छोरीहरु मध्ये अहिले कान्छी छोरी नेपालमा हुनुहुन्छ । उहाँले काठमाडौँ मै कफी तथा केकको ब्यबसाय संचालन गरिरहनुभएको छ । जेठी छोरी ग्ल्म्ए अन्तर्गत इथिपोयामा कार्यरत हुनुहुन्छ । एकजना अष्ट्रेलिया र एकजना अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।

शेरचनलाई विदेश गएर बस्न मन परेन । उहाँले अफ्रीका बाहेकका विश्वका सबैजसो देश भ्रमण गरिसक्नुभएको छ । त्यहाँको जीवनशैली भन्दा उहाँलाई स्वदेशमै, जन्मेको थलोमै बाँकी जीवन बिताउन मन छ । आफु जन्मेको थलोमा केहि गर्नु पर्दछ भन्ने ठानेर र जन्मथलो प्रतिको जिम्मेवारी सम्झेर जन्मथलो झीं म्याग्दीमा नै रमाउन थाल्नु भएको छ । त्यसो त उहाँको बसोबास काठमाडौँमा छ । तैपनि उहाँ विभिन्न काम र व्यवसायले गाउँसग जोडीइ रहनुभएको छ ।

म्याग्दीको पर्यटकीय तथा धार्मिक स्थल टोड्केमा सुबिधा सम्पन्न रिसोर्ट टोड्के रिसोर्ट प्रा.लि.को अध्यक्ष हुनुहुन्छ । म्याग्दीलाई पर्यटनको माध्यमबाट सम्पन्न बनाउन सकिन्छ भन्ने उहाँको भिजनले सार्थकता पाएको छ । आजकल तालिम संचालन तथा हिमाली दृश्यावलोकनका लागी देशका विभिन्न ठाउँबाट पर्यटकहरु टोड्के पुग्ने गरेका छन् ।

टोड्केसंगै उहाँले झीं भन्दा माथि र वाखेतको क्षेत्रमा ६५ रोपनी जग्गा लिजमा लिएर कफी खेतीको थालनी गर्न लाग्नुभएको छ । शुरुमा उहाँले सो ठाउँमा परिक्षणको रुपमा १५० विरुवा रोपिने बताउनुभयो । त्यसैगरी टोड्केक्षेत्र मै गुराँस पार्क निर्माण गरिएको छ । जहाँ क्याम्पिंग गरेर बस्न मिल्ने सत्तल समेतको पूर्वाधार तयार भएका छन् । पानीको फोहोरा सहितको पार्कमा गुराँसका बिरुवा रोपिएका छन् । यसले पर्यटकलाई थप आकर्षण गर्ने कुरामा बिश्वस्त हुन सकिन्छ । बेनी र आसपासबाट क्याम्पिंग र पिकनिकका लागी समेत सो स्थल उपयुक्त स्थल हो ।

टोड्के क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको खेलकुद तालिम मैदान निर्माणको क्रममा रहको छ । यो मैदान निर्माण संगै देशै भरिबाट “हाइ अल्टिच्युड खेलकुद तालिम मैदानको रुपमा प्रयोगमा आउने छ । चार तिरबाट सडक संजालले जोडिएको र खान बस्नका लागी कुनै समस्या नहुने सो स्थलमा सडकको अबस्था राम्रो नभएकोले झि देखि घुम्ती र सिममा ग्रेडिंग मिलाउने ढलान गर्नेगरि ठेक्का सम्झौता भएको समेत गौचनले बताउनुभएको छ । भिम गौचन ब्यबसायिक रुपमा सफल व्यक्ति हो । उहाँले आय आर्जनका माध्यमबाट स्वावलम्बी बन्न सकिन्छ भन्ने कुरालाई चरितार्थ गर्नुभएको छ ।
गौचन एक शैक्षिक र धार्मिक अभियन्ता समेत हुनुहुन्छ । म्याग्दी बहुमुखी क्याम्पसको स्थापना कालमा ५० हजार र गलेश्वोर क्षेत्रको मन्दिर पुनर्निर्माणमा व्यक्तिगत रुपमा तत्कालिन समयमा ५५ हजार सहयोग गरि सो क्षेत्रको बिकास गर्नमा सहयोग पुर्याउनुभएको छ । टोड्केबाट ९ र ७ दिनको नयाँ पदमार्ग पहिचान गरि सो क्षेत्रमा भौतिक संरचना (आश्रय स्थल) बनाउन लागिएको बताउनुभयो । सो पदमार्गले टोड्के मालिका हुँदै धौलागिरि बेसक्याम्प र मुस्ताङ्गको लेतेलाइ जोड्दछ ।

सामुदायिक बिकासका लागी शिक्षा पर्यटन आर्थिक उन्नती र जिवनस्तर उकास्न भिम शेरचनलाई बुढ्यौलीले छेकेको छैन । ठट्यौली पारामा भन्नुहुन्छ “यसरी खटेर कामगर्दा राज्यले अलिअलि साथ दिए कति जाती हुँदो हो ? नगरेको त हैन तर जति गर्नुपर्ने हो त्यति साथ पाउन सकिएको छैन “ उहाँको केहि गुनासो छ । उमेरले नेटो काटीसक्दा पनि आफ्नो जन्मथलोको बिकासमा जुटिरहेका शेरचन पाँच पान्डवका बलिया सुरबीर भाइ “भिम” जस्तै हुनुहुन्छ । कृषि-पर्यटन, पर्या-पर्यटन, उत्पादनशिलता र रोजगरको माध्यमबाट म्याग्दीलाई सम्मुनत बनाउन सकिन्छ भन्ने कुरामा भिम गौचनले देखेको सपनालाई सार्थकतामा बदल्ने प्रयास जारी छ आवश्यक छ त राज्यको साथको । कृष्ण जि.सी.

Leave a Reply