राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले पदाधिकारीका मनोनित गरेको छ । राप्रपाले जिल्ला कार्यसमितिको उपाध्यक्षमा श्याम श्रेष्ठ, सचिव देबेन्द्र घिमिरे र सहसचिव दिर्ग खत्रीलाई मनोनयन गरेको हो ।
पार्टीका संस्थापक एवम् पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन, अध्यक्ष बिरबहादुर थापा र प्रदेश सदस्य होमबहादुर थापाले मनोनित श्रेष्ठ, घिमिरे र खत्रीलाई आफ्नो जिम्मेबारी अनु्सार कार्यसम्पादनको शुभकामना समेत दिनुभएको थियो ।
सोही अवसरमा राज्यमन्त्री गौचनले संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान चलाउने बताउँदै वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी समेत लिनुभएको थियो ।
म्याग्दीमा राप्रपाका शुभचिन्तकहरु सम्म पुग्न नसकेको बताउँदै अवका दिनमा अगुवा, जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्था बुझ्दै भ्रातृ, शुभेच्छुक संगठनलाई एकताबद्ध बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । राप्रपाका अध्यक्ष बिरबहादुर थापाको अध्यक्षतमा सम्पन्न भएको बैठकले आगामी दिनमा गरिने कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।