सङ्घीय राजधानी काठमाडौँ भित्रने र प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आइतबारदेखी दैनिक चार घण्टा बन्द हुने भएको छ ।

स्तरोन्नति सहित निर्माणाधीन अवस्थामा रहेको सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकोले नागढुङ्गदेखी मुग्लीनसम्मको सडक पुष ७ गते आइतवारदेखी पुष १३ गते शनिवारसम्म दैनिक बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द गरी काम गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङमार्फत नागढुङ्गा-मुग्लीन सडक आयोजनले एक सूचना जारी गर्दै सो राजमार्गहरू भएर सङ्घीय राजधानी प्रवेशका लागी आउने र राजधानीबाट बाहिरिने सबै सवारीका साधाहरूले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी चलाउन र ट्राफिक नियमको पालन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरेको छ ।

सो समयमा अत्यावश्यक सवारीका साधनहरू बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता सवारी साधनहरू भने चल्न पाउने छन् । सो राजमार्ग हुँदै दैनिक सत्र हजारको हाराहारीमा सवारीका साधनहरू गुड्ने गरेका छन् ।

Leave a Reply