नेकपा एमाले निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आगामी चैत मसान्तभित्र हुने भएको छ ।आज बसेको सचिवालय बैठकले चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए ।

मिति र स्थान भने स्ववियुको चुनावलाई असर नपर्नेगरी घोषणा गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए ।सचिवालयको बैठकले आगामाी २५–२६ पुसमा अखिलका जिल्ला अध्यक्षहरुको उपस्थितिमा स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुले तोकिएकै मितिमा स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गरी दबाव सिर्जना गर्ने पनि निर्णय गरेको छ । त्रिविमा स्ववियु सचिव सिधान्त भट्टले ३५ बुँदे विश्वविद्यालय सुधारको लागि राखेको धर्नाका माग अविलम्ब पूरा गर्न पनि अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।

Leave a Reply