म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरका भोजबहादुर बानियाँ (कबिर)लेनेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौं एकाईको अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्। काठमाडौंको कमलादीमा यही पुस ६ गते हुने २०औं महाधिवेशनले एकाईमा नयाँ कार्यसमिति चयन गर्ने छ।
म्याग्दीमा समाजिक एवम् मानवीय सेवाका क्षेत्रमा समेत सहयोग गदैं आइरहेका हाल एकाईका सचिव रहेका बानियाँले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै एजेन्डाहरु सार्वजनिक गरिरहेका छन्। त्रिचन्द्र क्याम्पसबाट २०६५ मा बिएस्सी माइक्रोबायोलोजी अध्ययन सकेर बेलायतको ग्रीनविच युनिभर्सिटीमा एमएस्सी बायोटेक्नोलोजी अध्ययन गरेका बानियाँ २०७२ सालदेखि नेपालको औषधि क्षेत्रमा निरन्तर सक्रिय छन्।
उनी औषधि तथा बिक्री प्रतिनिधिहरुको हकहित र यस क्षेत्रको विकास र विस्तार गर्दै अगाडि बढ्ने बताउँदै आइरहेका छन्। झण्डै एक हजार बढी सदस्यहरू रहेको एनएमएसआरए काठमाडौं एकाईको अध्यक्ष पदमा आफ्नो योजना कार्यान्वयनका लागि उम्मेदवारी दिएको बानियाँले बेनीअनलाइनलाई बताए । ‘यस क्षेत्रका समस्या समाधानका थुप्रै योजना लिएर आएको छु, सबैतिरबाट साथ र सहयोगको प्रतिबद्धता आइरहेको छ’ बानियाँले भने ।
आफ्नो जिम्वेवारीमा अत्यन्तै कर्मनिष्ठ रही उच्चतम नैतिकता, निष्पक्षता र पारदर्शिता प्रदर्शन गदैं आएका बानियाँलाई विजय बनाउन सदस्यहरुले अभियान नै सञ्चालन गरेपछि जित निश्चित जस्तै भएको छ । ’अनुशासन , मर्यादित पेशा, निष्पक्षता र पारदर्शिताको’ मेरो मूल लक्ष्य हो‘ बानियाँले भन्नुभयो । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ औषधि प्रवर्द्धन तथा बिक्रीको क्षेत्रमा काम गर्ने व्यक्तिहरूको हक हितको सुरक्षा गर्ने एक गैर राजनीतिक, गैर नाफामूलक संस्था हो।