म्याग्दी जिल्ला भलिबल संघ अन्तर्गत बेनी नगरपालिका भलिबल संघ गठन भएको छ । बुधबार बेनीमा आयोजित भेलाबाट रन्जित बानियाँको अध्यक्षतामा कार्य समिति गठन भएको हो । समितिको उपाध्यक्षमा कुमार शाही, सचिवमा देवेन्द्र खत्री, कोषाध्यक्षमा सिता कुमारी चन्द मल्ल(शुसिला) र सहसचिवमा अर्जुन खत्री निर्वाचित हुनुभएको छ ।

त्यस्तै कार्य समिति सदस्यहरुमा सुजन खत्री, सुनिल बानियाँ, रेखा बानियाँ, बन्जित खत्री, डेक घर्ति र जीवन केसी चयन हुनुभएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । त्यस्तै सल्ल्लाहकारमा पुस्कल खत्री र याम थापालाई चयन गरिएको छ ।

प्रमुख अतिथि बेनी नगरपालिका प्रमुख सुरत केसीले भलिबल खेल जिल्लामा लोकप्रीय खेलको रुपमा विकसित हुँदै गएको बताउनुभयो । खेलाडीको विकासका निम्ती नगरपालिकाले खेलकुद गतिविधिहरुलाई प्राथमिकताका साथ अगाडी बढाएको बताउँदै उहाँले खुल्ला मञ्च निर्माणलाई पूर्णता दिनका लागि आवश्यक पहल भईरहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले अब बाँकी रहेको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा पनि भलिबल संघको कार्य समिति चयन गरिने बताउनुभयो । उहाँले म्याग्दीमा अन्तराष्ट्रिय मापदण्डको भलिबल कवर्डहल निर्माण गर्ने योजना समेत अघि सार्न लागिएको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी जिल्ला भलिबलका पूर्व अध्यक्ष रमेश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमसंघका अध्यक्ष बानियाँको अध्यक्षता र सदस्य मनोज खड्काको संचालनमा सम्पन्न भएको थियो भने नगरपालिका भित्रका भलिबल खेलाडी तथा रेफ्रीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply