माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कोरानाको समय यता सार्वजनिक भएको हरेक बर्षको नतिजा निरासजनक छ । माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या घट्दो र तल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको छ । आधारभुत तह,एसइई र कक्षा १२ सम्मको नतिजाले म्याग्दीको शैक्षिक उपलब्धीलाई छर्लङ पार्छ ।

शिक्षा विकास तथा समन्वय इकाइले म्याग्दी जिल्लाको नतिजाको तुलनात्मक अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा शैक्षिक सत्र २०७४ मा कुल परीक्षामा सहभागी भएका विद्यार्थीहरू मध्ये २.१० प्रतिशत विद्यार्थीले ३.६–४.० जिपिए प्राप्त गरेकोमा गत शैक्षिक सत्रमा १.११ प्रतिशत विद्यार्थीहरूले मात्रै उक्त जिपिए प्राप्त गरेको अवस्था छ। ।

यो नतिजाले विद्यार्थीको सिकाई गतिविधिमा केन्द्रित गर्नुपर्नेमा विद्यालयहरू जिल्लास्तरीय खेलकुद प्रतियोगितामा लगातार ब्यस्त छन् । बार्षिक परीक्षा तालिका नजिक आइरहेको अवस्थामा आधा कोर्स पनि सकिएको छैन ।

?????????????????????????????????????????????????????????

कोर्स सकिएको छ वा छैन?अपेक्षित सिकाइ भयो कि भएन ? यस्ता प्रश्नमा बढी बहस हुनुपर्नेमा खेलकुद प्रतियोगितामा कुन विद्यालयले जित्यो?,कहाँ कहाँ खेलकुद हुदैछ? कुन विद्यालयले कतिवटा प्रतियोगिता जित्यो भन्नेमा बढी केन्द्रित छ ।

म्याग्दीमा मंसीर महिनामा स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद,प्रथम लायन्स कप छात्रा फुटबल,जेसीज कप फुटबल,अन्तर मावि छात्र÷छात्रा तथा शिक्षक भलिबल प्रतियोगिता सकिएको छ ।

जुनियर रेडक्रस सर्कलको कक्षा ८ सम्मको फुटबल, विद्यालयमा फुटसल,भलिबल सहितका अन्य खेलकुद गतिविधि, म्याग्दी महोत्सव लगायतका क्रियाकलापले समेत माघ महिनासम्मको शैक्षिक क्यालेन्डर नराम्रोसँग प्रभावित हुने करिब निश्चित छ ।

खेलकुद प्रतियोगितामा उपाधी जितेपछि अर्को दिन उत्सवको नाममा बजार परिक्रममा गर्ने प्रबृत्ति समेत मौलाएको छ ।  स्थानीय सरकारको नजर पुगेको छैन भने अन्य सरोकारवाला निकायहरूले समेत शैक्षिक गतिविधिलाई ध्यान दिन सकेका छैनन् । खेलकुद प्रतियोगितामा उपाधी जितेपछिको उत्सवमा विद्यालयका सबै विद्यार्थीलाई बजारमा लैजाने होडबाजी सबभन्दा दुःखद पक्ष हो ।

खेलकुद र मोवाइल र सामाजिक सञ्जालको लतले पठन संस्कृतिको ह्रास आएको छ। म्याग्दी जिल्लाको चारबर्षे नतिजा विश्लेषणमा जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या प्रत्येक बर्ष घट्दो क्रममा रहेको देखिन्छ । बर्षभरी ८ सय घण्टा पढाउनुपर्ने भएपनि शैक्षिक सत्रको अन्त्यमा हतार–हतार कोर्स पूरा गर्दाको परिणाम एसइईको नतिजामा देखिएको छ ।

xr:d:DAFuko79nFw:19,j:1938076895478381495,t:23091703

स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिबाट शैक्षिक र खेलकुद गतिविधिलाई क्यालेन्डर सहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।

दशै तिहारको अवसरमा लामो विदा हुने समयमा खेलकुद र त्यसपछिको समय पढाइको वातावरण बनाउनुपर्छ । म्याग्दीको शैक्षिक तालिका दिशाहीन बन्न नदिने गरी सुधारका लागि स्थानीय सरकारले समयमै पहल नगर्ने हो र समाजका सरोकारवाला निकायले कानमा तेल हालेर बस्ने हो भने आगामी दिन नतिजा झनै कहालीलाग्दो बन्ने निश्चित छ । अब शैक्षिक र खेलकुद क्यालेन्डरको बहस सञ्चालन गर्न आवश्यक छ।
बेनी साप्ताहिक पत्रिकाबाट साभार विचार

Leave a Reply