म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङस्थित दलित बस्तीमा १ सयभन्दा बढी घरधुरीलाई न्यानो कपडा वितरण गरिएको छ ।ललितपुर महानगरपालिकाको पाटनमा कन्सर्ट गरी गरिवीका कारण कपडा किन्न नसक्ने अवस्थाका लुलाङका बालबालिकादेखि बृद्धबृद्धालाई चिसोबाट जोगाउन वितरण गरिएको हो ।

‘झमझम पर्यो पानी गुर्जा घाटैमा’ बोलको गीतमार्फत चर्चामा आएका सांगीतिक टोली प्रशन्न शाह, मिलन न्यौपाने, प्रकाश सिक्देल, जेम्स सिर्पाली र सुभया नकर्मीको पहलमा न्यानो कपडा संकलन गरिएको थियो ।

पाटनमा दलित बस्तीमा न्यानो कपडा वितरणका लागि भन्दै आयोजित कन्संटमा श्रोताहरूको उत्साहजनक सहभागितासँगै न्यानो कपडा समेत ल्याएर आएको टोलीका सदस्य प्रसन्न शाहले बताए ।‘जाडोमा न्यानो कपडाको आवश्यकता महसुस गरी कन्र्सट गरेका थियौं, अहिले गाउँमै गएर वितरण गरियो’श गायक शाहले भने । उनले बालबालिकादेखि बृद्धबृद्धालाई वितरण गरेको बताए । रोजेर कपडा लगाउन पाएपछि स्थानीय खुसी भएका थिए ।

गरिबीकै कारण विपन्नलाई जाडोयाम कष्टकर हुने भएकाले प्रयोग भएका सफा कपडा समेत वितरण गर्न सकिन्छ । यो टोलीले म्याग्दीको सदरमुकाम बेनीबजार हुदै पश्चिम म्याग्दीका विभिन्न बस्ती हुदै लुलाङ,,गूर्जाखानी लगायत विभिन्न बस्ती र स्थानलाई समेटिएको गीत निकै लोकप्रिय छ ।

Leave a Reply