अस्ट्रेलियामा आयोजित भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी मोना अस्ट्रेलियाको पोल्टामा परेको छ । धादिङ अस्ट्रेलिया समाज र नर्थ वेष्ट नेपलिज कम्यूनिटीद्धारा आयोजित प्रतियोगितामा ३५ बर्षमाथिको भलिबलमा गोल्डेन ब्वाइजलाई सोझो सेटमा पराजित गदैं मोनाले उपाधी जितेको हो । ब्ल्याकटाउन आराम केन्द्र स्ट्यानहोपमा आयोजित प्रतियोगितामा मोनाका खेलाडी गोल्डेन ब्वाइजमाथि हावी भएका थिए ।

रोजगार, ब्यापार र विभिन्न सिलसिलामा अस्ट्रेलियामा पुगेका भलिबल प्रेमीहरूालाई जमघट गराउने उदेश्यले आयोजित प्रतियोगितामा विजेता मोना र उपविजेताले क्रमश १२ सय डलर र ८ सय डलरसहित मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको मोना अस्ट्रेलियाका कार्यसमिति सदस्य मुक्ती सुबेदीले बताए।

प्रतियोगितामा मोनाका लब खड्का उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी उत्कृष्ट लिप्टर खिम पुर्जा, वेस्ट कुइकर रमेश केसी घोषित भएको छन् । अस्ट्रेलियामा म्याग्देली आबद्ध रहेको विभिन्न संघसंस्थाले भलिबल प्रतियोगिता लगातार उपाधी जित्ने गरेको छ ।

Leave a Reply