जसलाई हार्न डर लाग्छ उसको हार निश्चित छ ।– नेपोलियन ।
समयको चक्र र भावीको खेलले मान्छेको जिन्दगीलाई कहिले हर्षमा पु¥याउँछ कहिले विस्मातमा उडाउँछ । कहिले महलमा पु¥याउँछ कहिले सडकमा झार्छ । कहिले सफलताको शिखरतिर लैजान्छ कहिले असफलताको खाडलतिर धकेल्छ ।

त्यतिबेला जुन व्यक्तिको विचार अविचलित हुन्छ, जुन व्यक्तिले जीवनको खेल मैदानमा हार्न डराउँदैन । जुन व्यक्तिले आफ्नो कर्म र लक्ष्यलाई विश्वास गरी निरन्तर मेहनत र परिश्रम गर्दछ वास्तवमा त्यही व्यक्तिको जीवन कालन्तरमा सफल बन्छ ।

यस्तै सफल व्यक्तित्वको नाम हो गोपाल पौडेल । उहाँको जन्म पिता बलिराम पौडेल र माता रेवती पौडेलको कोखबाट जेठो पुत्रकोृ रुपमा वि.सं. २०२५ साल आषाढ १८ गतेका दिनमा मालिका गाउँपालिका वडा नं. ५ देविस्थान (जुग्जा) भन्ने ठाउँमा भएको हो ।

पौडेलको प्रारम्भिक शिक्षा तत्कालीन श्री किसानी निम्न माध्यमिक विद्यालय बिममा भएको थियो भने हाई स्कुलको अध्ययन श्री हेम माध्यमिक विद्यालय शिबाङ्गबाट वि.सं. २०४० सालको एसएलसी परीक्षामा उत्तीर्ण हुनुभएको थियो ।

त्यसपछि वि.सं. २०४१ सालदेखि २०५० सालसम्म श्री मालिका प्रा.वि. बिम, बिमबाङ्ग र श्री शिव प्रावि नौमानेमा अध्यापनमार्फत् शैक्षिक सेवा पु¥याउनुभएको थियो । हक्की, निडर, जुझारु स्वभावका पौडेल कुशल वक्त हुनुका साथै नेतृत्वका प्रशस्त खुबी थियो ।

यसकारण उमेर र चेतनाको परिपक्वतासँगै राजनीति यात्रामा होमिएका पौडेल वि.सं. २०३९ सालमा हेम मावि सिबाङ्गबाट अनेरास्ववियुको सदस्य, वि.सं. २०४० सालमा नेकपा मालेको पार्टी सदस्य, वि.सं. २०४७ सालदेखि नेकपा एमाले गाउँ पार्टी सक्रिय दलको सचिव पदमा रहेर वि.सं. २०५४ देखि २०५६ सालसम्म रचनात्मक भूमिका निर्वाह गर्दै नेकपा माले अखिल नेपाल जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्ष हुनुभएको थियो ।

यसैगरी वि.सं. २०५७ सालमा नेकपा माओवादीमा प्रवेश गरी नेकपा माओवादीको सदस्य वि.सं. २०६३ सालमा नेकपा माओवादी मगराँत राज्य समितिको सदस्य, वि.सं. २०६८ मा नेकपा (माओवादी वैद्य) को जिल्ला सदस्य, वि.सं. २०७१ सालदेखि नेकपा विप्लव पार्टीको जिल्ला सदस्य हुँदै वि.सं. २०७५ सालमा नेकपाको विशेष समिति म्याग्दीको सदस्य पदमा रहेर सक्रिय राजनीतिमामा क्रियाशीलि हुँदै आउनुभएको छ ।

“सन्तुलित जीवन बराबर अरु कुनै तपस्या छैन, सन्तोष बराबर अरु कुनै खुशी छैन, लोभ बराबर अरु कुनै विराम छैन र दया बराबर अरु कुनै सदाचार छैन ।” – चाणक्य ।

जन्मजात जीवन जिउने कला र प्रतिभाका धनी पौडेलले जस्तोसुकै स्थिति परिस्थितिमा सन्तोष लिन जानेका थिए । यतिमात्रै होइन दिलमा लोभ लालच रत्तिभर नभएका पौडेल दीन दुःखीहरुका लागि पनि उत्तिकै दयालु हुनुहुन्छ ।

अरुको लिनुमा भन्दा अरुलाई दिनुमा रमाउने, अरुको खानुभन्दा अरुलाई खुवाउनमा खुशी मान्ने पौडेलले विभिन्न सामाजिक संघसंस्थाहरुलाई दान दिँदै आउनुभएको छ र प्रभुचेलाधुरी ध्यानाश्रमको लागि स्वामी कपिलानन्द महाराजजीको मूर्ति निर्माण गरी सहयोग गर्नुभएको छ ।

पौडेलसँग हाँस्ने र हँसाउने हास्यकला भएकोले सबैलाई हँसाएरै खुशी बाँड्ने विचित्रको प्रतिभा छ । आजको मान्छेहरु हरेक १० जनामध्ये ८ जना दुःखी र उदास छन् । ती दुःखी र उदास मान्छेहरुको अनुहारमा हाँसो भर्नु आफैमा पुण्यको काम हो ।

यसर्थ यहाँ महान दार्शनिक प्लेटो भन्नुहुन्छ – आफु हाँस्नु पुण्य हो भने अरुलाई हँसाएर बाँच्नु महापुण्यको काम हो ।” हाँसो सबैलाई मनपर्छ पौडेल हाँस्य कलामा माहिर छन् । यतिमात्रै होइन गीत संगीत तथा दोहोरी गीत गाउनमा खप्पिस भएका कारणले आफ्नो समयमा तहल्का मच्याएका थिए ।

मन, वचन, कर्ममा निष्ठावान् पौडेलले आर्थिक अभाव, संकट, दुःख, अनेकौं समस्या र थुप्रै चुनौतिहरुको सामना गर्नुपरेको थियो । वैदेशिक रोजगारको सिलसिलामा थुप्रै पटक असफल प्रयास हुँदा धनसम्पत्ति चौपट भएको थियो ।

यही कारण पौडेलको जिन्दगी ऋणमा डुब्यो । यसपछि समाजले हेर्ने दृष्टिकोण एकाएक बदलियो, कसैले भरोसा नगर्ने स्थितिमा झ¥यो, उहाँ करिब करिब एक्लो हुँदै जानुभयो । एउटा भनाई छ– “जसको साथमा कोही हुँदैन उसको साथमा भगवान हुनुहुन्छ ।”

साँच्चिकै भगवानको आर्शिवाद मिल्यो, यसपछि बेनीबजारको न्यूरोडमा ऋण काढेर सृजना रेष्टरेण्ट खोल्नुभयो । रेष्टुरेण्टको ढोका मात्रै होइन भाग्यको ढोका समेत खुल्दै गयो परिणामस्वरुप अहिले करोपति हुनुभएको छ । कुनै बेला मनको मात्रै धनी हुनुहुन्थ्यो भने अहिले धनको धनी हुन सफल भएका पौडेल सामाजिक कार्यहरुमा पनि उत्तिकै सफल देखिन्छन् ।

वि.सं. २०७१ सालमा होटल व्यवसायी संघ म्याग्दीको अध्यक्ष वि.सं. २०७८ सालमा होटल व्यवसायी महासंघ गण्डकीको कोषाध्यक्ष, वि.सं. २०६६ सालदेखि हालसम्म म्याग्दी उद्योग वाणिज्य संघको सदस्य हुनुभएका पौडेल प्रभुचेला धुरी ध्यानाश्रम पदमार्ग विकास समितिका संयोजक हुनुका साथै उक्त संस्थाको सल्लाहकार समेत हुनुहुन्छ ।
“परीक्षा विनाको जीवनको कुनै मूल्य हुँदैन ।” दार्शनिक सुकरात ।

समय र भगवानले लिएको परीक्षामा सफल हुनुभएका पौडेलको जीवन पनि सफल भएको छ । साथै स्वदेशमा अवसर र सम्भावना नदेखेको तमाम युवा पुस्ताहरुका लागि स्वदेशमा रहेर पनि सफल उद्यमी बन्न सकिन्छ भन्ने आशाका किरण बन्नुका साथै प्रेरणाको केन्द्र बन्नुभएको छ ।

Leave a Reply