म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको लागि उद्यमशिलता तालिम सम्पन्न गरिएको छ ।

प्रभु वैंकको आर्थिक सहयोगमा विद्यार्थीहरुमा उद्यमशिलता विकास गर्न आइडिया स्टुडियो नेपाल र म्याग्दी बहुमुखी क्याम्पस वीच भएको सहकार्यको सम्झौता अनुसार आइडिया स्टुडियाका प्रमुख प्रशिक्षक श्री प्रदिप पराजुली, Business Development Manager प्रज्ञा घिमिरे र Business and Marketing adviser सुदर्शन पराजुलीले विद्यार्थीलाई प्रशिक्षण गर्नु भएको उक्त कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख श्री श्रीधर सुवेदीले गर्नुभएको थियो ।

३५ जना भन्दा बढी विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रमको सहजीकरण सह प्राध्यापक रामजी प्रसाद सुवेदी, उप प्राध्यापक तारानाथ शर्मा र विष्णु आचार्यले गर्नुभएको थियो । उद्यमशिलता सोच, योजना र कार्यान्वयनको भावना विकास गर्न विद्यार्थीहरुको लागि आयोजित उक्त कार्यक्रममा उद्यमशिलता क्लव समेत गठन गरिएको छ ।

यस अघि विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ महिना भन्दा बढी उद्यमशीलता तालिम र स्थलगत भ्रमण लगायतका कार्यक्रम सञ्चालन गरी तयार पारिएका उत्कृष्ट पाँचवटा व्यवसायिक योजनाहरु प्रतिस्पर्धाको लागि विश्वविद्यालय अनुदान आयोग पठाई सकिएको छ ।

उक्त अवसरमा विद्यार्थीहरुमा व्यवसायिक सोचको विकास गरी आत्मनिर्भर वनाउनको लागि पाँच सदस्य भएकाे उद्यमशिलता क्लव २०८१ समेत गठन गरिएको छ । उक्त क्लवमा सुजता खत्री एमविएस चौथो सेमेस्टर, सुजता पौडेल विविएस चौथो बर्ष, ढक बहादुर भण्डारी विविएस तेस्रो वर्ष, अस्मिता भण्डारी विएड दोस्रो वर्ष र अनुका वानियाँ विविएस दोस्रो वर्ष रहेकाे सूचना अधिकारी तथा सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदीले जानकारी बताउनु भयाे ।

Leave a Reply