लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । उसका लागि लुक बेन्केन्स्टीयनले ३१ रन बनाए । नर सार्की २२ रनमा नटआउट रहँदा क्याप्टेन कुशल मल्लले २० रन जोडेपनि हार भने टार्न सकेनन् ।लुम्बिनीका लागि क्याप्टेन रोहित पौडेलले आफ्नो स्पेलमा १७ रन खर्चेर ४ विकेट लिए । रामोन सिमोन्ड्सले २ तथा साद बीन जफर र अभिनाष गौतमले समान एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो । उसका लागि क्याप्टेन रोहित पौडेलले ५७ बलमा ८० रनको पारी खेले । साद बीन जफर ५२ रनमा नटआउट रहे ।

४९ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहितले पाँचौ विकेटका लागि साद बीनसँग ११४ रनको साझेदारी गरे ।

रिजन ढकालले आफ्नो स्पेलमा २९ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल र रञ्जित कुमारको नाममा एकएक विकेट रह्यो ।

लुम्बिनकीका क्याप्टेन रोहित म्यान अफ द म्याच भए ।

जितपछि पनि तालिकाको पुछारमा रहेको लुम्बिनीको २ अंक भएको छ । चितवन भने ६ अंकमा तालिकाको तेस्रो स्थानमा कायम छ ।

एनपीएलमा मंगलबार नै कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

Leave a Reply