म्याग्दी मोवाईल एण्ड ईलेक्ट्रोनिक्स संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा केशवराज (अर्जुन) आचार्य चयन हुनुभएको छ । शनिबार बेनी नगरपालिका–१, रत्नेचौरमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा बिनोद सुवेदी, सचिवमा श्रीप्रसाद आचार्य, कोषाध्यक्षमा रामकृष्ण सुवेदी रहनुभएको छ ।

सदस्यहरुमा नवराज सुवेदी, पुरुषत्तम शर्मा, नन्दकली सापकोटा, बेलबहादुर केसी, रुद्र चोखाल, ओसिन श्रेष्ठ, कृष्ण पौडेल, भिमकुमारी बस्नेत सापकोटा, टुङ्गनाथ कडेल, सन्जय पुन, दिपक खड्का र नारन पौडेल रहनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले चोरीका मोबाइल नियन्त्रण गर्न प्रहरीसँग सहकार्य गर्न अनुरोध गर्नुभएको थियो। नेपाल मोवाईल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष उदय बहादुर केसी (लाउरेदाई) ले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष आचार्यले विगतमा जस्तै मोवाइल हराएको सूचना आफ्नो सामाजिक सञ्जालमार्फत सबै ब्यवसायीलाई पठाएर जफत गरी सम्बन्धि ब्यक्तिलाई दिने गरी चोरी नियन्त्रण गर्न र त्यस्ता मोबाइल प्रयोगलाई निरुत्साहित गर्ने बताउनुभयो । म्याग्दी जिल्लमा रहेको मोवाइल तथा इलेक्ट्रिक्स ब्यवसायीको साझा संस्थाले ब्यवसायिक कामसँगै बिपन्न परिवारलाई खाद्यान्न र शैक्षिक साम्रागी, उपचारमा सहयोग लगायतका कार्यहरु गर्ने गरेको छ ।

Leave a Reply