२२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन न्यु वेष्ट पोइन्ट आवासीय माविलाई हराउँदै बेनी सामुदायिक मावि फाइनलमा पुगेको छ । शनिबार विहान खुल्लामञ्च बेनीमा सम्पन्न भएको खेलमा निर्धारित समयको खेल गोलरहितको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पेनाल्टीमा ६-५ ले विजयी भएको म्याग्दी जेसीजले जनाएको छ ।
पेनाल्टी शुटआउटमा बेनी सामुदायिक र न्यू वेष्ट पोइन्टले ५-५ गोल गरी बराबरी भएपछि थप एक-एक खेलाडीले प्रहार गरेको पेनाल्टीमा न्यु वेष्ट पोइन्टका खेलाडी चुक्दा जेसीज कपको इतिहासमै पहिलोपटक बेनी सामुदायिक मावि फाइनलमा प्रवेश गरेको खेल शिक्षक प्रविण श्रेष्ठले बताउनुभयो। अब अर्को सेमीफाइनल खेलमा जनप्रिय मावि दरबाङ र माउण्ट एभरेष्ट आवासीय माविको बिजेतासँग बेनी सामुदायिक भिड्ने छ । प्रतियोगिताको फाइनल दुबै खेल शनिबार आजै सम्पन्न हुने छ ।
प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।