२२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्यु वेष्ट पोइन्ट आवासीय मावि सहित चार टिम प्रवेश गरेका छन् । शनिबार सम्पन्न हुने खेलमा बेनी सामुदायिक मावि र न्यु वेष्ट पोइन्ट तथा जनप्रिय मावि दरबाङ र माउण्ट एभरेष्ट आवासीय मावि फाइनल प्रवेशका लागि भिड्नेछन् ।
क्वारटफाइनलको खेलमा न्यु वेष्ट पोइन्टले मंगला मावि बावियाचौर,बेनी सामुदायिकले लिटल गार्डेन एकेडेमी, माउण्ट एभरेष्टले धौलागिरी माविल र जनप्रिय माविले डनिङ आवासीय मावि बावियाचौरलाई पराजित गदैं सेमिफाइनलको यात्रा तय गरेको प्रतियोगिताका मुल संयोजक देबेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिताको सेमिफाइन र फाइनल दुबै खेल शनिबार सम्पन्न हुने छ । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।