नेकपा एमाले म्याग्दी जिल्ला कमिटीका लागि प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव प्रदिप ज्ञवालीले एमाले म्याग्दीका अगुवा कार्यकर्तालाई तीन दिन सम्म प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
दक्षिणपन्थी अवसरबाद र संगथनात्मक अराजकतालाईअन्त्य गरौं, जबजकोमार्गदर्शनमा समाजबादको आधार निर्माण गरौं भन्ने मुल नाराका साथ नेकपा एमाले पार्टी स्कुल विभाग म्याग्दीले जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको आयोजना गरेको हो । एमाले म्याग्दीलाई चुस्त र बैचारीक शक्ति निर्माण गर्नका लागि आयोजित प्रशिक्षण शिविरमा जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको एमाले म्याग्दीले जनाएको छ ।
प्रशिक्षणमा सामाजिक रुपान्तरण र माक्र्सवादी विश्वदृष्टिकोण, संगठन निर्माण, व्यवस्थापन र परिचाल, पार्टी काममा सूचना तथा सञ्चारको महत्व, पार्टी शुनसासन, जीवनशैली लगायतका विषयमा सहजीकरण गर्ने एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै महाधिवेशनबाट पारित नीति कार्यक्रमर कार्यदिशा, नेपलका राजनीतिक दलहरुको तुलनात्मक अध्ययन र वर्तमानमा राजनीतिक शक्ति सन्तुलन जस्ता विषयमा प्रशिक्षणमा सहजीकरण गरिने छ ।
प्रशिक्षणमा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतका केन्द्रीय नेताहरुले सहजीकरण गर्ने कार्यक्रम तय भएको बताइएको छ । प्रशिक्षण धनन्जय दवाडी, सुन्दर लामिछाने, टुकराज सिग्देल, किरण गुरुङ, घनश्याम कोइराला, भूपेन्द्र थापा, नवराज शर्मा, नरदेवी पुन लगायतले सहजीकरण गर्ने एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिदनुभयो ।