नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले पहिलो ब्याटिङ गर्दै प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा (१९.५ ओभरमा) आठ विकेट गुमाएर पूरा गर्‍यो।

अन्तिममा आएका क्रिस सोलले ४ बलमा २ चौका र १ छक्का हिर्काउँदै टोलीलाई रोमाञ्चक जित दिलाए। टोलीका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रनको योगदान दिए।

उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै, बसिर अहमदले ४० रन तथा मार्टिक गप्टिलले २८ रनको योगदान दिए।

Leave a Reply