गॉउमा रोधीमा जितेर मन परेकी युवती भगाउने एक प्रकारको चलन नै छ । विवाहमा होस या कसैको जन्त जादॉ पनि मन परेका युवायुवतीले दोहोरी गाउने रमाइलो नाचगान गर्ने र मन परे भागेर जाने एक प्रकारको परम्परा नै रहेको छ ।

विवाहमा सरिक युवाहरूले नाचगान र रमाइलो गर्दा गर्दै मन परेकी युवति भगाएर लगेको कथालाई निर्देशक प्रविन थापाले कलात्मक रूपमा “फ्याट्ट पोइल” गीतको भिडियोमा समावेश गरेका छन् । शुक्रवार बिहान बाबा इन्टरटेन्मेन्ट टिभी मार्फत सार्वजनिक भएको पञ्चेबाजा रत्यौली फ्याट्ट पोइल गीतका शब्द प्रवेश पौडेलले लेखेका हुन् भने सङ्गीत पनि उनैले भरेका छन् l

पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटि र पौडेलको स्वरमा सजिएको गीतको सङ्गीत संयोजन याम थापा मगरले गरेका हुन् l स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहलि र सम्झना थापा छेत्रीले कम्मर मर्काएको भिडियोमा गायिका डल्लाकोटि दुलही र लोक तथा दोहोरी गायक शक्ति कुमार गोदारले दुलाहाका भूमिकामा अभिनय गरेका छन् l

प्रेम सफल भए पछि शत्रु जलुन् र छोरा छोरी जन्माएर घर बलियो बनाउने सङ्कल्प यो जोडीको कथाले बोलेको छ l नवराज उप्रेतीले खिचेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् भने तिलु शर्मा पौडेल भिडियोका निर्माता हुन् l भिडियो सहित

 

Leave a Reply