नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।

कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन  बनाए पनि जितका लागि पर्याप्त हुन सकेन्।

टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ को विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका  चाडविक वाल्डन २१, बाबर हायात१३, गुलशन झा १२, अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए भने ओपनर देव खनाल डक आउट भए।

लक्ष्य भेट्टाउने क्रममा काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएर पहिलो जित हात पारेको हो।  कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको थियो।

Leave a Reply