घरेलु बक्स अफिसमा अहिलेसम्मकै चर्चित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा प्रर्दशनमा आउने भएको छ ।

स्वदेश र विदेशमा सर्वाधिक लोकप्रिय चलचित्र नयाँ ब्यवस्थापनका साथ सञ्चालनमा आएको शिव चलचित्र मन्दिरमा बुधबार दिउँसो साढे १२ बजे र बेलुकी ५ बजेदेखिबाट नियमित प्रर्दशन गरिने सञ्चालक अनोद श्रेष्ठले बताए ।बिगतमा उपकरणमा समस्या आएपछि नियमित सञ्चालन हुन नसकेको अवस्थामा अहिले सम्पूर्ण तबरले प्राविधिक काम पूरा गरिएको बताए ।

उनले पहिलो चलचित्रका रुपमा म्याग्दीमा दर्शकको मुड बुझेरै पहिलो ‘पूर्णबहादुरको सारङ्गी’लाई देखाउने र त्यसपछि अन्य नेपाली चलचित्रहरुलाई समेत नियमित प्रर्दशनको सूचीमा राखिएको छ ।

साउण्ड क्वालिटि र पिक्चर क्वालिटिका साथै सकभर आरामदायी बसाइको व्यवस्था सहित हल व्यवस्थापन भएकोले गर्दा चलचित्र हेर्न चाहने दर्शकलाई सहज हुनेछ । हलमा चलचित्र हेर्नका लागि प्रति टिकट मुल्य दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply