नविन जुग्जाली

“यहाँ तपाईंसँग शारीरिक परिवर्तन तबसम्महुन सक्दैन । जब सम्म तपाईंसँग आध्यात्मिक परिवर्तन हुँदैन ।”– कोरी बुकर

शारीरिक स्थितिकस्तो थियो । त्यस बारेमाभने अभिव्यक्ति नगर ेसम्ममलाई ज्ञान हुने कुरा थिएन । तर आध्यात्मिक स्तरमा हेर्दा निकै नै सुन्दर परिवर्तनहरु भएको देखिन्थ्यो ।

आचरणमा शालीनता, व्यवहारमा परिपक्वता, जीवनशैलीमा अनुशासन एवम् नैतिकता, हृदयमा करुणा र शिरमा मर्यादा जस्ता सद्गुणहरु प्रशस्त देख्न सकिन्थ्यो । यी सब देख्दा लेखनाथ पौड्यालको कविता याद आएको हुन्थ्यो – “उपकारी गुणी व्यक्तिनिहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र” सरल हुनु, तरल हुनु, नम्र हुनु, सहनशीलहुनु, क्षमाशीलहुनु, धर्मशीलहुनु, तपोशीलहुनु आदिइत्यादि सुन्दर शीलहरुले युक्तहुनु नै अध्यात्मको व्यवहारिक अर्थ हो ।

आध्यात्मिकहुनु भनेको भेष बदल्नु, कपडा बदल्नु, परिवार छोड्नु, घर छोड्नु होइन । आध्यात्मिकहुनु भनेको आचरण बदलिनु, संस्कार बदलिनु हो अर्थात् कुविचार र कुसंगत छोड्नु हो । यस्तो शीलवान् साधिकाको नाम हो प्रतिक्षा श्रेष्ठ ।
उहाँको जन्मपिता विष्णु प्रसादश्रेष्ठ माता पुष्पाकुमारी श्रेष्ठको कोखबाट वि.सं. २०४३ असोज २२ गतेका दिन फलेबास, हटिया भन्ने ठाउँमा भएको हो ।

आफ्नो कलिलो उमेरदेखि नै योग अध्यात्मको महत्व र महिमा बुझेकी श्रेष्ठले योग ध्यानलाई आफ्नो जीवन पद्धतिसँग जोडेर निरन्तर रुपमा साधना गर्दै आएकी छिन् । सुन जति धेरै आगोमा पग्लिन्छ त्यति नै धेरै शुद्ध हुने सौभाग्य पाउँछ ।

यसैगरी साधना र तपको माध्यमबाट शरीर, मन आत्मालाई निरन्तर रुपमा शुद्ध बनाउने चिन्तनमा तल्लीन भएकी श्रेष्ठले विभिन्न समयमा दार्शनिक गुरुहरुको विभिन्न कार्यक्रमहरुमा संयोजक तथा सह संयोजकको भूमिका निर्वाह गरी नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीलाई अतुलनीय सहयोग र योगदानदिँदै आउनुभएको छ ।

अंग्रेजीमा भनाइ छ, We all are normally abnormal अर्थात् सामान्यतया हामी असामान्य छौं । विद्या एउटै साधना एउटै दर्शन एउटै मार्ग एउटै तर कला र प्रतिभा भने असामान्य भएको प्रतिक्षा श्रेष्ठले विरेन्द्रचोक टोल विकास संस्थाद्वारा आयोजना गरिएको तीनमहिने योग शिविरमा कुशल प्रशिक्षण गरी आफूलाई सक्षम योग प्रशिक्षकको रुपमा स्थापित गरि सक्नुभएको छ ।

यसका साथै म्याग्दी जिल्लालाई योगमय बनाइरहन यस संस्थासँग आबद्ध भई योग प्रशिक्षकको रुपमा निरन्तर सक्रिय हुनुभएकी श्रेष्ठ संस्थाको आजीवन सदस्य हुनुका साथै यस संस्थाको रेकी हिलर, जिम्मेवार योग प्रशिक्षक समेत हुनुहुन्छ ।

औपचारिक शिक्ष ातर्फ श्री भवानी माध्यमिक विद्यालय फलेबासबाट वि.सं. २०६० सालमा एसएलसी उत्तीर्ण, कन्याक्याम्पस पोखराबाट वि.सं. २०६२ मा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी श्रेष्ठले श्री माझी गाउँ प्राथमिक विद्यालय फलेबासमा एक वर्षको शिक्षण समेत गर्नुभएको थियो ।

सेवा नै धर्म हो भन्ने मान्यता राख्ने श्रेष्ठले सामाजिक क्षेत्रमा सेवाकाथुप्रै हातहरु फैलाउँदै आउनुभएको छ । समाजका विभिन्न संघसंस्थाहरुमा आबद्ध भई समाजको सेवा गरेर कहिल्यै नथाक्ने श्रेष्ठ नेपाल भाषा मंकाःखलः अन्तर्गतको मयजु खलःका सदस्य, सामुदायिक प्रहरी सेवा केन्द्रका साधारण सदस्य र वीरेन्द्रचोक टोल विकास संस्था बेनीको कोषाध्यक्ष समेत रहनुभएको छ ।

आफ्नै टोललाई चिटिक्क पार्न, टोलबासीका हरेक समस्याहरुमा सँगै सहकार्यमा अग्रपंतीमा देखिनुहुने श्रेष्ठले टोललाई नमुना बनाउन आफ्नो घरको काम समेत छोडेर तल्लिन हुनुहुन्छ ।
यहाँ अल्वर्टको एउटा महान भनाई छ,
समयले सबैलाई एकपटक अवसर दिन्छ
त्यो अवसरको सदुपयोग गर्ने मान्छे सफल बन्छ
दुरुपयोग गर्ने सकिन्छ ।
सेवा, सत्संग र साधनालाई सदुपयोग गर्दै आएकी प्रतिक्षाश्रेष्ठको जिन्दगी सफल र सानदार भएको देखिन्छ ।

लेखक : योग गुरु एवम् बेनी अनलाइनका नियमित स्तम्भकार हुन् ।

 

Leave a Reply