मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न मावि बरंजा प्रथम भएको छ । मंगला–५ कैशालफाँटमा शनिबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्ररत्न माविले ११ स्वर्ण, ६ रजत, ४ काँस्य पदक जितेको हो । ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित मंगला मावि द्धितिय र ४ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहित दिपशिखा मावि तृतिय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश ५० हजार, ३० हजार र २० हजार नगद सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रले गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले पुरस्कृत गर्नुभएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले शिक्षा र खेलकुद गतिविधिलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । उहाँले पालिकाभित्र पहिचान भएका खेलाडीलाई आवश्यकत तालिम सहित प्रोत्साहनमा निरन्तर साथ रहेको बताउनुभयो ।