बेनी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।
खुल्ला मञ्चमा सुरु भएको प्रतियोगिताको बिहिबार प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले उद्घाटन गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गर्वुजा, प्रदेश सभा सदस्य रेशम जुग्जाली (सुविन), बेनी नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा प्रतियोगिता संचालन उपसमितिका संयोजक चक्र केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले विद्यालय स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन हुनुका साथै जिल्लामा खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रतियोगिता उद्घाटनको अवसरमा गरिएको मार्चपासमा प्रकाश मावि प्रथम, न्यु वेष्ट पोइन्ट आवासिय मावि द्वित्तिय र बालमन्दिर मावि कालीपुलले तृतिय स्थान हासिल गरेका छन । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस सहित बेनी नगरपालिकाका २६ वटा विद्यालय सहभागि भएका छन् ।

बेनी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।
बेनी नगरपालिका ७ स्थित खुल्ला मञ्चमा सुरु भएको प्रतियोगिताको बिहिबार प्रतिनिधिसभा सदस्य खम्विर खर्वुजाले उद्घाटन गर्नुभयो ।

Leave a Reply