दसैँ, तिहार तथा छठपर्वको अवसरमा भाग्यशाली उपहार कार्यक्रम अन्तर्गत चिठ्ठा थुत्दा म्याग्दीमा ग्राहकहरुले मोबाइल र आकर्षक उपहार पाएका छन् । नमस्ते ट्रेड्-२, हुलाकचोक बेनी र नमस्ते ट्रेड्स-२, हस्पिटलचोक बेनीमा सञ्चालित पसलमा दसैँ, तिहारको मोबाइल खरिदमा चिठ्ठा प्राप्त गर्दा उपहारस्वरुप मोबाइल नै पाएका हुन् ।
https://youtu.be/gN2CuGVc-mE
नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ–दिपावली र छठपर्व–२०८१ लाई लक्षित गरेर नमस्ते टे«ड–२ र नमस्ते टे«डर्स–२, बेनीको आयोजनामा भाग्यशाली उपहार चिठ्ठा कार्यक्रम सञ्चालन भएको थियो । गएको असोज ९ गतेदेखि कार्तिक ३० गतेसम्म सञ्चालन गरिएको कार्यक्रम अनुसार ग्राहकहरुले मोबाइल पसलमा मोबाइल खरिद गर्ने क्रममा उनीहरुले उपहारका लागि चिठ्ठा प्राप्त गरेका थिए ।
सोही कार्यक्रमको भाग्यशाली बम्पर उपहार योजनामा सहभागी भई मंगला गाउँपालिका–५, पिपलबोटका प्रकाश सापकोटा, बेनी नगरपालिका–४, डाँडाखेतकी पूर्णिमा पौडेल र सुर्केमेलाकी हिरादेवी कँडेलले १३ हजार पाँचसय रुपैयाँको भिभो कम्पनीको एकएक वटा मोबाइल पाउनुभएको सञ्चालक श्रीप्रसाद आचार्य (ईश्वर)ले बताउनुभयो।
यसैगरी जलजला गाउँपालिका–३, पर्वतका ध्रुव रेग्मी, बेनी नगरपालिका–१०, वाखेतका चक्रबहादुर रोका र बेनपा–४, सुर्केमेलाका दिलबहादुर क्षत्रीलाई सान्त्वनास्वरुप आकर्षक उपहार दिइएको उहाँले जानकारी दिनुभयो ।
ग्राहकहरुले मोबाइल किन्दा प्राप्त गरेको चिठ्ठा यही मंसिर १ गते एक कार्यक्रमको आयोजना गरी खोलिएको थियो भने भाग्यशाली बम्पर उपहारको चिठ्ठा कार्यक्रम शनिवार सञ्चालन गरिएकोमा पुरस्कारहरु मङ्गलवारसम्म ग्राहकहरुलाई वितरण गरिएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उपहार चिठ्ठा खोल्ने कार्यक्रममा सञ्चालक आचार्यका बुबाआमा दुर्गादत्त–हिरामति आचार्य, पूर्व स्रोतव्यक्तिद्वय दुर्गाराम सुवेदी, डेकबहादुर बानियाँ, शिक्षक मुकुन्दप्रसाद रेग्मी, होटल याक एण्ड बेनी प्रालिका सञ्चालक बाबुराम आचार्य र नमस्ते ट्रेडका सञ्चालक अर्जुन आचार्यको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नमस्ते ट्रेड्स–२, का प्रोप्राइटर गीता सुवेदी आचार्यले गर्नुभएको थियो ।
भिभो मोबाइलका लागि साविक धौलागिरि अञ्चलको आधिकारिक बिक्रेताको रुपमा रहेको नमस्ते ट्रेड –२, २०६४ सालमा न्यूरोडमा नमस्ते ट्रेड, २०६९ सालमा हुलाकचोकमा नमस्ते ट्रेड –२ र २०८० सालमा हस्पिटलचोकमा नमस्ते ट्रेड्स-२ को नामबाट पसलहरु सञ्चालनमा रहेका छन् । नमस्ते ट्रेड सँग जोडिएर नयाँ शाखा विस्तार गर्न चाहनेहरुसँग पनि सहकार्य गर्न सकिने समेत जनाइएको छ ।