ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवालागिरीलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । विभिन्न जंगली फूलहरुले भरिएको मैदान । jaljala-tourism-81-8-1 (6).jpg

यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ । jaljala-tourism-81-8-1 (4).jpg

द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्छ । गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुंगिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ ।

जलजलाबाट बिहानै सुर्योदयको मजा लिँदै आखै अगाडी सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । jaljala-tourism-81-8-1 (3).jpg

जलजलाम बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरु । चराउन आउने गर्दछ्न् । अरु समयमा म्याग्दी धवालागिरी लुलाङका फुलमान विकले आफ्नो गोठ राख्ने गर्छन् ।jaljala-tourism-81-8-1 (11).jpg

विगत लामो समयदेखि ट्रेकिङ्ग गाइड गरिसकेका फुलमान गाइडको पेशा छोडेर आफ्नो ठाउँमा पर्यटकहरुलाई सुविधा दिन गोठमा बस्दै आएका छ्न् । जलजलामा अहिले उनको मात्र एउटा गोठ सञ्चालन छ । jaljala-tourism-81-8-1 (5).jpg

आएका पर्यटकलाई पानी चियाले स्वागत गर्छन् फुलमान । यसरी आफ्नो ठाउँमा आएको पर्यटकलाई पाहुना सरी ठानेर सेवा गर्दा निकै सन्तुष्ट महसुस गर्ने फुलमान बताउँछन् । ‘जलजला लुकेको छ यसलाई प्रचारप्रसार गर्न निकै जरुरी छ, ’ उनले भने, ‘जलजला आउने पर्यटकलाई यहा बस्न कुनै असुविधा छैन र आएर कुनै पश्चात्ताप नहुने वातावरण छ ।’jaljala-tourism-81-8-1 (1).jpg

लुलाङका विकले विगत ६ वर्षदेखि जलजलामा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन् । जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । jaljala-tourism-81-8-1 (2).jpg

पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजलासम्म ५ देखि ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरी गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडीमा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी

jaljala-tourism-81-8-1 (7).jpg
jaljala-tourism-81-8-1 (8).jpg
jaljala-tourism-81-8-1 (9).jpg
jaljala-tourism-81-8-1 (10).jpg
jaljala-tourism-81-8-1 (12).jpg
jaljala-tourism-81-8-1 (13).jpg
jaljala-tourism-81-8-1 (14).jpg
jaljala-tourism-81-8-1 (15).jpg
jaljala-tourism-81-8-1 (16).jpg
jaljala-tourism-81-8-1 (17).jpg
jaljala-tourism-81-8-1 (18).jpg

Leave a Reply