मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार ६ जनाकाे उद्धार गरिएकाे छ ।‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धारयात्रा सुरु भएकाे हाे ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गाेरखाबाट १ जना, तनहुँबाट १ जना, चितवनबाट २ जना, र धादिङकाे गजुरी गाउँपालिका- ५ बाट २ गरि ६ जना सहयाेगापेक्षी सडकअाश्रित मानवहरु उद्धार गरिएकाे हाे ।
शुक्रबार उद्धार हुनुभएका ६ जनालाई मानवसेवा अाश्रम काठमाडौंँकाे रानीवनसेवाकेन्द्रमा संरक्षणका लागि राखिने भएकाे छ ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा २६ अाैँ दिन धादिङकाे गजुरीसम्म अाइपुग्दा १८९ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा अाश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले जानकारी दिनुभएकाे हाे । उद्धार हुनुभएका १४६ जना पुरुष र ४३ जना महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
राष्ट्रिय उद्धार टाेली शुक्रबार गाेरखा हुँदै तनहुँ, चितवन, धादिङका  सडकपेटी रहनुभएका सहयाेगापेक्षी मानवहरुकाे उद्धार सेवामा खटिएकाे हाे ।
साथै मेची-महाकाली राष्ट्रिय उद्धार टाेलीले शुक्रबार २६ दिनकाे यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यका प्रवेश गरिसकेकाे छ  भने शनिबारदेखि  काठमाडौँ उपत्यका  सडकपेटी तथा सार्वजनिक  स्थानमा रहनुभएका सडकअाश्रित मानवहरुकाे उद्धार सेवामा रहने कार्यक्रम तय भएकाे छ ।

Leave a Reply