के तपाई ग्रीन टीको पराखी हुनुहुन्छ ? यदी तपाईले थरीथरीको स्वाद लिन चाहेमा काठमाण्डौको ठमेलमा रहेको छायाँ सेन्टरमा निःशुल्क स्वाद लिन सकिन्छ। छायाँ सेन्टरको दोस्रो तलामा पसल नं ३७४ रहेको हिमालयन नेपाल टी हबले निःग्रीन टेस्ट सहित बनाउने र पिउने तरिकाका बारेमा जानकारी दिने गरेको छ ।
नेपालको पहिलो तिनजुरे चिया उत्पादनक सहकारी संस्थाले उत्पादन गरेको चियाको बिक्री वितरण सहित पसलमा आउने ग्राहकलाई कुनै शुल्क नलाग्ने सञ्चालक यामबहादुर राईले बताए ।‘जति पिए पनि शुल्क लिदैंनौ, हाम्रो बजार स्वदेश तथा विदेशमा छ’ राईले भने ।
उनका अनुसार निःशुल्क ग्रीन टीको स्वाद पाइने विश्वकै एकमात्रै स्थान भएको समेत बताए । उनका अनुसार विभिन्न कामको सिलसिलामा छायाँ सेन्टरमा आउनेहरुले स्वाद लिएर फर्किने बेलामा खरिद समेत गर्ने गरेको बताए ।
ग्राहकले प्रत्यक्ष देख्ने सिकाउँदै सेवन गर्ने सुविधा समेत रहेको छ । दक्षिण कोरियामा रहेका नेपाली ब्यवसायी ओमनारायण जुग्जालीले कोरियामा नियमित लगेर सेवन गर्ने गरेको बताए । ‘ग्रीन टी स्वास्थ्यका लागि फाइदा छ, पछिल्लो समय सेवनकर्ता धेरै देख्ने गरेको छु’ जुग्जालीले भने । उनले विदेशमा नेपाली चियाको बजार विस्तार हुदै गएको बताउँदै स्वदेशमा नेपाली चियाको बजार विश्वमा फैलिएको बताए ।
चीनमा सम्पन्न विश्व चिया टेस्टिङ्ग प्रतियोगितामा सर्वोकृष्टमा छनौट भएको उक्त सहकारीबाट उत्पादित अर्गानिक चिया उत्पादन गर्न चाहनेलाई चिया खेती गर्ने, काटछाँट गर्ने र टिपाई सम्बन्धि तालिम समेत दिने गर्दछ भने पारखीलाई ग्रीन, गोल्डेन अन्तरगत नर्मल, कर्लि र पर्ल गरि तीन प्रकारको चिया अन्तराष्ट्रिय बजारसम्म बिक्री गर्ने गरेको छ ।
चीन, भारत, श्रीलंका र केन्या चियाका लागि विश्वमै ख्याति कमाएको देशलाई पछि पार्दै नेपाली चियाले पनि विश्वव्यापि पहिचान बनाएको छ । इलामको तीनजुरेको चियाको नमुना सर्वोकृष्ट भएपछि अहिले बिक्री समेत ह्वात्तै बढेको छ ।