कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान जारी राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार जिल्ला अदालतमा भएको इजलासपछि अदालतले रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

नयाँ थप भएको अवधि कार्तिक १५ गतेदेखि गणना हुने छ । जसअनुसार यो समय कार्तिक २४ गतेसम्म हुनेछ । प्रहरीले भने अनुसन्धान गर्न थप २५ दिनको समय मागेको थियो । तर अदालतले १० दिनको मात्रै समय थपेको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि कार्तिक ४ गते ६ दिन, त्यसपछि कार्तिक ८ गते ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।

Leave a Reply