मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत साेमबार ११ जनाकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धारयात्रा सुरु भएकाे हाे ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा साेमबार पाल्पाकाे तिनाउ गाउँपालिका-५ बाट १ जना, तानसेन नगरपालिका-५ बाट ६ जना र स्याङ्जाकाे वालिङ नगरपालिका-६ बाट ४ गरि ११ जना सहयाेगापेक्षी सडकअाश्रित मानवहरु उद्धार गरिएकाे हाे ।
साेमबार उद्धार हुनुभएका ११ जनालाई अाजै मानवसेवा अाश्रम कास्कीकाे पाेखरा सेवाकेन्द्रमा गृहप्रवेश गराइएकाे छ ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा साेमबार स्याङ्जाकाे मालुङ्गासम्म अाइपुग्दा १६२ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा अाश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएकाे छ । १२२ पुरुष र ४० महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र १ बालक पनि रहेका छन् ।
उद्धार टाेली साेमबार पाल्पा र स्याङ्जाका विभिन्न स्थानमा रहनुभएका सहयाेगापेक्षी मानवहरुकाे उद्धारमा खटिएकाे हाे । साथै मेची-महाकाली राष्ट्रिय उद्धार टाेली मंगलबार पाेखरा र बाग्लुङका स्थानीय पालिकाहरुमा रहनुभएका सडकअाश्रित मानवहरुकाे उद्धार सेवामा खटिनेछ ।
यात्रामा मानवसेवा अाश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यू, वरिष्ठ गायिका तथा समाजसेवी अानी छाेइङ डाेल्माज्यूसहित ४७ जना सहभागिता रहेकाे छ ।