म्याग्दीको सदरमुकाम बेनीमा शनिबार विविध कार्यक्रमका साथ नेपाल संवत् ११४५ को भव्य स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलःम्याग्दीद्वारा बहुउद्देश्यीय सभाहलमा आयोजित कार्यक्रमको बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गदैं नेपाल संवत्लाई नगरपालिका मातहतमा क्षेत्रको सरकारी कामकाजमा प्रयोग गरिएकोे बताए ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,नेपालपत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले नेपाल सम्वत मौलिक नेपाली संस्कृतिको आफ्नै सम्वत भएकोले राज्यले अपनत्व ग्रहण गरी नेवार समुदायको मात्रै होइन सबैको साझा पर्वको रुपमा स्वीकार गर्नुपर्नेमा जोड दिए ।

शंखधर साख्वाको परोपकारी भावना र उनले गरेको योगदान अहिले पनि उत्तिकै उदाहरणीय र अनुकरणीय रहेको बताइएको थियो ।

म्याग्दीका स्थानीय तह, सरकारी निकाय र शैक्षिक तथा संघसंस्थाको क्यालेन्डरमा समेत बिक्रम सम्वदजस्तै प्रयोगमा ल्याउनुपर्ने नेवारी समुदायका अगुवाहरुको भनाई थियो ।

कार्यक्रममा एसईई परिक्षामा निजी र सामुदायिकतर्फ उत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्रछात्रालाई नगद सहित सम्मान गरिएको थियो । नेपाल संवत्को अवसरमा सदरमुकाम बेनीबजारमा शुभकामना सहित नेवार समुदायको झाँकी र परम्परागत भेषभुषा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराएका थिए । नेपाल भाषा मंकाःखलःम्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष कुविरकुमार श्रेष्ठको स्वागत र सहसचिव सृजना श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा म्याग्दीका राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न जातजातिका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

 

Leave a Reply