म्याग्दी जिल्ला सांस्कृतिक रुपमा धनी जिल्ला हाे । यस जिल्लाले समय समयमा गित संगितका निकै लाेभलाग्दाे प्रतिभाकाे जन्म दिएको छ । यसै सन्दर्भमा पछिल्लो समयमा नृत्यमा उदाउँदै गरेकाे नाम हाे निसा बुढजा मगर ।

बुबा लेसबहादुर बुढजा र आमा रमा बुढजाकाे काेखबाट जन्मेकी निसा भर्खर १५ पूरा भएर १६ वर्षमा टेकेकि छिन् । उमेर कलिलै भएपनि नृत्यकाे क्षेत्रमा भने उल्लेख उपलब्धि हासिल गरेकीछिन् । उनले यहाँसम्म आईपुग्दा एकल र सामुहिक गरेर दर्जन भन्दा बढि उपाधि जितिसकेकी छिन् । “मैले धेरै कलाकारहरूलाई नृत्य सिकाए तर निसाकाे नृत्य गर्दा संगै टाउकाे, अनुहार र शरीर एकैपटक नाच्ने कला छ, जुन विरलै पाईन्छ ।”

नृत्य प्रशिक्षक शान्ति रामदाम थप्छिन्-“निसाकाे नृत्य क्षेत्रमा भविष्य उज्ज्वल छ ।” भर्खर प्रकाश माध्यमिक विद्यालयमा विज्ञान शिक्षा विषय लिएर कक्षा १२ अध्ययनरत निसाले शान्ति रामदामकाे प्रशिक्षणमा मगर संघले अायाेजना गरेको सालैजा शिरफुले नृत्य प्रतियोगितामा प्रथम र म्याग्दी क्याम्पसले आयोजना गरेको तीज नृत्य प्रतियोगितामा द्वितीय बनाउन सफल भएकी थिइन् ।

साथै म्याग्दी जेसीजले तयार गरेको म्युजिक भिडियो बेनीकाे बजार र पानी खायो बाघैले (सालैजाे) मा नृत्य गरेकी छिन् । भर्खर उनलाई निकत भविष्यमा म्युजिक भिडियोमा मुख्य कलाकारकाे रुपमा देख्न पाईने भएको छ ।

“निसा पढाइमा पनि प्रथम भएकी छात्रा हुन् ।” प्रअ लेखबहादुर हमाल थप्नुहुन्छ-“पढाइको साथसाथै अनुशासित अनि नृत्य, भलिवल र वकृत्वकलामा अब्बल निसा जस्तो विद्यार्थी विरलै पाईन्छ ।” रघुगंगा गाउँपालिका वडा नम्बर १ बान्दुक निवासी निसाकाे सफलता त्यसै यहाँ सम्म आइपुगेको भने हाेइन । निकै संघर्ष गरेर मात्र यहाँसम्म आइपुगेकी हुन् ।

बुबा र आमा सामान्य कृषक रहेर पनि निसाकाे सधैं साथमा साथ रहेकाछन् । निसा भावुक हुदै भन्छिन् – “बुबाआमाले जुन क्षेत्रमा हात हाल्छस्, सफल भएस्, हाम्रो आशिर्वाद छ भन्नुहुन्छ अनि उत्साहित हुन्छु, थप हाैसला मिल्छ । उनको सफलताको पछाडि कालिका माध्यमिक विद्यालय तिप्लाङका प्रअ कुसुम पुर्जाकाे ठुलाे हात रहेको छ । “म जे छु, कुसुम मिसकाे कारणले छु ।

म उहाँलाई धन्यवाद दिने कुनै शब्दनै छैन ।” निसा खुशी व्यक्त गर्छिन् । निसकाे चर्चा किङ स्टार क्रियसन प्रालिले आयोजना गरेको डान्स धाैलागरी डान्सकाे पहिलो र दाेस्राे चरण पार गरेपछि थप चुलिएको छ । निसा भन्छिन् – “विनय सरले भाग लिन भन्नु भयाे । पहिले त परीक्षा भएकोले मन गरिन ।

पछि दशैतिहार बिदाको समयमा पनि पर्ने र तिमी विजेता बन्न सक्छौ भन्ने आत्मबल दिनु भयाे, कुससम मिस र आमाबुबालाई पनि कन्भिन्स गरिदिनु भयो अनि हुन्छ भने ।” निसा थप्छिन्-“साथमा शान्ति मिसकाे थप प्राेत्साहन र मनिस गुरुकाे प्रशिक्षणले सेमिफाइनल र फाइनलमा प्रवेश गर्न सफल भए । डान्स धाैलागिरी डान्स सिजन वानकाे सेमिफाइनल र फाइनल यहि कार्तिक १० गते बेनी बजारमा हुदैछ ।

“निसाले राम्रो मेहनत गरेकी छिन् ।” नृत्य सिकाउदै मनिस गुरु थप्छन् – “निसाले उपाधी जित्ने प्रवल सम्भावना देख्छु ।” उपाधि जित्काे लागि प्रतिभाकाे साथै भाेटिङकाे पनि जरुरी रहेको छ । निसाले सामाजिक सञ्जाल मार्फत भाेटिङ अपिल गरेकी छिन् ।

“यहाँ सम्म आईपुग्न सहयोग गर्नुहुने परिवार, आफन्तजन, विद्यालय, नृत्य गुरु गुरुआमा, सर मिस शुभचिन्तक सबैलाई आभार व्यक्त गर्दछु । ” निसा अन्त्यमा थप्छिन्-” देशविदेशबाट फाेन म्याेसेज आउने क्रम जारी छ ।म सबैलाई खुशी बनाउन मेहनत गर्ने छु ।

मलाई भाेट गरेर सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछु ।” भविष्यमा असल शिक्षक बनेर बालबालिकाकाे उज्ज्वल भविष्य काेर्ने सपना बुन्दै नृत्यमा चक्किदै गरेको निसाकाे सपना साकार बनाेस्, डान्स धाैलागिरी डान्सकाे उपाधि चुम्न सफल बनुन्-शुभकामना !

Leave a Reply