म्याग्दीको बेनी नगरपालिकामा आर्थिक तथा सामाजिक रुपमा विपन्न, पूर्णरुपमा अपाङ्ता भएका, एकल महिलाहरूलाई जिविकोपार्जन र औाषधि उपचारमा सहयोग गर्ने सम्बोधन परियोजना प्रभावकारी देखिएको छ । युएनडिपी नेपालको आर्थिक सहयोगमा बेनी नगरपालिकामार्फत १० वटै वडामा सगंम म्याग्दी र राष्ट्रिय बाणिज्य बैकको सहकार्यमा बि.स २०८१ साउन महिनादेखि लागु भएको परियोजनाले आर्थिक अभावमा उपचारबाट बन्चित भएका तथा जिविकोपार्जनको खोजीमा रहेका महिलालाई राहत भएको छ ।

मधुमेह र उच्चरक्तचापको बिरामी म्याग्दीको बेनी नगरपालिका–१,सालघारीकी ६१ बर्षिय शान्ति सार्कीले घरआगनमै १३ हजार ५ सय पाएपछि अब नियमित उपचार, औषधि सेवनका लागि सहज भएको भन्दै खुसीले फुरुङ् भइन् ।

सोही वडाको अर्जम पुरन्जीमा लडेर टाउकोको नशा च्यापिएर ओछ्यानमै थलिएकी २७ बर्षिया सोबिता परियार, बेनपा–२,ज्यामरुककोटकी दृष्टिविहिन ६४ बर्षिया पार्वती विश्वकर्मा, ८७ बर्षिया दिलकुमारी सापकोटालाई स्थानीय जनप्रतिनिधिको उपस्थितीमा परियोजनाका संयोजक श्रीमन चोखाल, राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाका प्रबन्धक नवराज ढुंगानाले घरमै पुगेर पहिलो किस्ताको १३ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका थिए ।

बेनी नगरपालिकाले वडास्तरमै पुगेर छनौट गरेका आर्थिक तथा सामाजिक रुपमा विपन्न, संकटापन्न तथा सामाजिक सुरक्षाको आवश्यकता पर्ने ३ सय ४० महिलालाई बिना सर्त गरिने नगद सहयोगले धेरै राहत मिलेको छ ।

बि.स २०८१ साउन महिनादेखि लागु भएको परियोजनाले विपन्न महिलाहरुको राष्ट्रिय बाणिज्य बैकमा समृद्धि बचत खाता खोलेर दुई किस्तामा २७ हजार आर्थिक सहयोग गर्ने गरेको सगंम म्याग्दी सम्बोधन परियोजनाका कार्यक्रम संयोजक श्रीमन चोखालको भनाई छ ।

राष्ट्रिय बाणिज्य बैकले प्रत्येकको घरमै पुगेर खाता खोल्ने, बैंकसम्म आउन नसक्नेलाई घरमै नगद पु¥याउने तथा प्रत्येक खातावालालाई १ सय नगद जम्मा समेत गरिदिन्छ । उक्त परियोजनाको कु्ल बजेट १ करोड २ लाख रहेको छ भने लाभग्राहीलाई ९२ लाख नगदै वितरण गरिने छ । नेपालको ९ जिल्लाका १६ स्थानिय तहहरूमा सञ्चालित परियोजना गण्डकी प्रदेशमा दोस्रो चरणको कार्यक्रम म्याग्दी जिल्लामा मात्रै सञ्चालित छ।

Leave a Reply