लोपउन्मुख थाली नाचको संरक्षण तथा प्रचार–प्रसारका लागि कलाकार दिलकुमारी राम्जाली गर्बुजाको नयाँ प्रस्तुती ‘साईलो दाई’ बजारमा आएको छ ।

थाली नाचको संरक्षणमा सक्रिय म्याग्दी मगर समाज काठमाण्डौको अध्यक्ष एवम् म्याग्दी कलाकार संघ काठमाण्डौकी प्रथम उपाध्यक्ष समेत रहनुभएकी गर्बुजाको दोस्रो प्रस्तुतीमा स्वर गायिका गीता पाइजा, शब्द र संगीत राम गगन, संगीत संयोजन बिबी अनुरागी, निर्देशन स्मृति तिमिल्सिना, अभियन दिलकुमारी राम्जाली गर्बुजा, दिल बुढाथोकी, गुन पूर्जाको रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–१० वाखेत गाउँमा छायांकन गरिएको म्यूजिक भिडियोमा थाली नाचको उद्घमस्थल चिमखोला तथा थाली नाचको महत्वका बारेमा चर्चा गरिएको छ ।

म्यूजिक भिडियोमा थाली नाच हेर्न म्याग्दी आउन निम्तो दिएको र चर्चा समेत गरिएको कलाकार गर्बुजाको भनाई छ । ‘मैले थाली नाचको प्रचारप्रसारमा धेरै समय दिएको छु, म्यूजिक भिडियोमार्फत थप प्रचार हुनेमा आशाबादी छु’ गर्बुजाले भन्नुभयो ।

म्याग्दी, काठमाण्डौ सहित विभिन्न स्थानमा पुगेर समेत थाली नाचबाट दर्जनौ पुरस्कार जित्न सफल हुनुभएकी कलाकार गर्बुजाले नयाँ म्यूजिक भिडियोबाट आउने प्रतिक्रियाले आगामी दिनको यात्रालाई समेत सहज हुने बताउनुभयो । त्यस्तै गायक राम गगनले म्याग्दी जिल्लाबाट सुरु भएको थाली नाचको संरक्षणसँगै म्यूजिक भिडियोमार्फत कलाकार गर्बुजाले खेलेको भूमिकाको उच्च प्रशंसा गदैं म्यूजिक भिडियोमार्फत प्रचारप्रसारमा गरिएको प्रयासलाई साथ र सहयोग दिन समेत अनुरोध गर्नुभएको छ ।

हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यलाई कार्यक्रमका अतिथिले निकै चासोपु्र्वक हेर्र्ने गरिन्छ । थाली नाचमा नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने म्याग्दीको पहिचानको रुपमा रहेको लोपउन्मुख थाली नाच विश्वभरी लोकप्रिय छ ।

वि.सं २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाच’ अहिले म्याग्दीभित्र मात्रै देशभरका नेपालीबीच लोकप्रिय बन्दै गएको छ।

Leave a Reply