नेपाली पप दुनियाँका लोकप्रिय गायक सम्भोज मल्ल हिजोआज मेलापर्वमा ब्यस्त हुनुहुन्छ । दसैंतिहारको अवसरमा म्याग्दी जिल्लाभित्र सञ्चालित मेलापर्वमा गायक मल्ललाई अफरै अफर छ । म्याग्दी जिल्ला बाहेक बागलुङ, पर्वतका मेलाहरूमा समेत पुगेर प्रस्तुती दिइरहनुभएको छ ।

विदेशमा रहेका गायक मल्लका शुभचिन्तकले स्पोन्सर गर्न थालेपछि अहिले स्थानीय मेलापर्वमा देख्न पाइन्छ । बिहिबार अन्नपूर्ण गाउँपालिका–१ दोबा मेलामा पु्गेका गायक मल्ल कोटगाउँ, पाखु, पूर्णगाउँ लगायत विभिन्न ५ वटा मेलामा बुक भइसकेका छन् भने दशैं अगाडी ६ वटा मेलामा पुगेको गायक मल्लको बेनीअनलाइनलाई बताउनुभयो ।

‘अहिले जन्मभूमीकै छु, विदेशका कार्यक्रमहरुमा समेत जान्छु, मलाई गाउँघरका कार्यक्रमहरुमा छुट्टै आनन्द आउँछ’ गायक मल्लले बेनीअनलानलाई भन्नुभयो । डेढदशक देखि ब्यवसायीक रुपमै संगीतको क्षेत्रमा लागेका गायक मल्लको आफ्नै शब्द, संगीत र स्वरमा ‘गोरी सुन रे’ सबैको ओठमा झुन्डिएको छ ।

गोरी सुन रे, जब साँझ पर्छ, सेतो घोडा र पर्खेर बस उनका अत्यधिक रुचाइएका गीतले नै यो क्षेत्रमा निरन्तर सक्रिय रहेको गायक मल्लको भनाई छ ।

Adv

यही गीतले ब्यवसायीक रुपमै संगीतको क्षेत्रमा प्रवेश गरेका मल्ल स्थानीय मात्रै नभई देशभित्र र विदेशका स्टेजसम्म पुग्नुभएका गायक मल्लले हालै सार्वजनिक गरेको ‘तिम्रो काख मेरो सिरानी’ अडियो अहिले लोकप्रिय छ ।

Adv

‘सोलस’ र ‘सनक’ नामक एल्बमका गीत अहिले पनि दर्शकस्रोताले सर्वाधिक रुचाइरहेका छन् । गायक मल्लले नेपाली पप गायनका राजा मानिने सुगम पोखरेलसँग समेत सहकार्य गरी ‘ताली ठोकौँला’ बोलको गीत सार्वजनिक गर्नुभएको थियो । नेपालका चर्चित पप गायकसँगको सहकार्यमा समेत मल्लले शब्द तथा संगीत आफ्नै हुने गरेको थियो ।

माया–प्रेमले भरिएका गीतले यूवापुस्तालाई आर्कषित गर्ने गरेकाले गायक मल्लको सहरबजारदेखि गाउँ र विदेशसम्म शुभचिन्तकको कमी छैन । गायक मल्ल माया–प्रेमले भरिएको गीतले दर्शक तथा स्रोतको मन जित्न सफल भएकाले आगामी दिनमा समेत सामाजिक सन्देश सहितको नयाँ गीतको तयारीमा जुटेको बताउनुभयो ।

‘मेरो हरेक गीतलाई धेरै यूवापुस्ताले रुचाउनुभएको छ,‘अबका गीतहरु पनि यूवापुस्ताका लागि सुन्दर उपहारको रुपमा दिने तयारीमा छु’ मल्लले भन्नुभयो । शब्द, संगीत र आफ्नै आवाजका गीतहरु लामो समयसम्म रुचाउने गरेको समेत गायक मल्लको भनाई छ।

Leave a Reply