विदेशमा पढ्न जाने नेपाली विद्यार्थीकालागि प्रमुख शैक्षिक गन्तव्य मध्य एक हो यूके । नेपाल बाहिर पढ्न जाने विद्यार्थीहरूको प्राथमिकता अस्ट्रेलिया, अमेरिका, क्यानेडासँगै यूके पनि देखिन्छ। यूकेका निजी र सरकारी कलेजमा उच्च गुणस्तरको शिक्षाका कारण नेपाली विद्यार्थीहरूले प्राथमिकतामा राख्ने गर्दछन् ।

बेलायतमा उत्कृष्ट विश्वविद्यालयहरूमा गुणस्तरीय शिक्षासँगै अनुसन्धानमुलक, विश्वस्तरीय सुविधाहरू, पुस्तकालयहरू, प्रयोगशालाहरू र अन्य स्रोतहरूका कारण त्यहाँ पुगेर अध्ययन गरी फर्किएका विद्यार्थीले स्वदेश तथा अन्य विभिन्न देशहरुमा समेत रोजगारी सहित राम्रो अवसर पाइरहेका छन् । विद्यार्थीले कलेजको पढाइसँगै रोजगारीले समेत थप सहज भइरहेको छ ।

काठमाण्डौमा रहेको आईईएलटीएस पिटिइ सेन्टरका सञ्चालक सन्तोष बानियाँले विश्वका अन्य देशको तुलनामा गुणस्तरीय शिक्षा र कम खर्चिलो भएकाले विद्यार्थीको रोजाई यूकेमा रहेको बताए ।

‘हामीले सरकारी कलेजमै विद्यार्थी पठाइरहेका छौ,विद्यार्थीहरूमा अनावश्यक आर्थिक भार नपर्ने र पार्ट टाइम काम गर्न सकिने भएकाले पनि रोजाईमा परेको छ’ सञ्चालक बानियाँले भने। उनले पढ्न जाने विद्यार्थीलाई आर्थिक भार नपर्दा लक्ष्य प्राप्तीमा सहज हुने बताउँदै त्यसका लागि यूके उत्कृष्ट गन्तब्य भएको बताए ।

उनले एकबर्षको अवधिमा आफ्नो सेन्टरबाट १ सय जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि भिषा दिलाउन सफल भएको र सबैबाट निकै राम्रो प्रतिक्रिया आइरहेको बताए।

यू्केमा रहेको सरकारी अक्सब्रिज कलेजसँग सहकार्य गरी विद्यार्थीको तयारी कक्षाकै क्रमा समेत विभिन्न कार्यक्रमहरु गर्ने गरेकाले त्यहाँ गएपछि विद्यार्थीलाई सहज हुने उनको भनाई छ । हाल पढ्न जाने विद्यार्थीहरूले ८ हजार ५ सय पाउन्ड स्टर्लिङमै पढ्न जान पाउने र यूके भिआई आईईएलटीएस र यूके भिआइ पिटिइको तयारी शुल्क समेत निशुल्क गरेको बताए ।

Adv

युकेमा स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीले पहिलो वर्षमा शुल्क तिर्नुपर्ने तर दोस्रो वर्षमा शुल्क तिर्न नपर्ने कोर्सहरू धेरै रहेकाले अध्ययन गर्न जाने विश्वविद्यालयबाट अफर लेटर पाए सँगै लागि अध्ययन अनुमति पत्र (नोअव्जेक्सन लेटर) लिएपछि समेत आवश्यक परार्मश दिने गरिएको छ ।

बेलायतका अध्ययनका लागि जाने विद्यार्थीको प्रमुख रोजाई लण्डन नै हुने गरेपनि बाहिरी क्षेत्रमा भने सस्तो हुन्छ । सबै कागजात मिलेको खण्डमा युकेमा ‘स्टुडेन्ट भिसा’ सजिलै पाउन सकिन्छ ।

अरू देशको तुलनामा बेलायतमा स्टुडेन्ट भिसा पाउन धेरै कठिन हुदैन भने बाबु आमाको वार्षिक आम्दानी देखाउनु नपर्ने, आर्थिक अवस्था कमजोर हुने बिद्यार्थीहरुलाई पनि सहज हुने हुँदा अधिकांश विद्यार्थीहरूको रोजाइमा यूके पर्ने गरेको छ । पछिल्लो समय म्याग्दीबाट यूकेमा जाने विद्यार्थीको संख्या पनि धेरै छ ।

Leave a Reply