संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणको क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरी काठमाण्डौ लगिएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीमा अवस्थित हिमालमा ७ हजार १ सय मिटर उचाइमा दुर्घटनामा परी ज्यान गुमाएका पर्वतारोहीको शव संकलन गरी काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।
‘घटनास्थलबाट सबै शब हेलिकप्टरमार्फत लगिएको छ, प्रतिकुल मौसमका कारण शब निकाल्न समस्या भइरहेको थियो’ प्रनाउ श्रेष्ठले भने । उनका अनु्सार एयर अल्टिच्युडको हेलिकप्टरबाट जोखिमपूर्ण स्थानमा रहेको शबलाई शेर्पाको टोलीले संकलन गरेका थिए ।
आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि आरोहणका लागि आएका रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको मृत्यु भएको थियो । उनीहरु गत आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहिन भएका थिए ।
सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोली खटिएका थिए । विहान एक शब इटाली आधार शिविरमा झारेका र अन्य शव सङ्कलन गरी अभियान स्थगित गरिएको छ । घटनास्थलमा हेलिकप्टर ल्याण्ड गर्न समस्या भएपछि उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका थिए । हिमपहिरो, हावाहुरी वा अन्य कुनै कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतक आरोहीसँगै पुगेका भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएका उनी चौथो क्याम्पमा पुगेपछि माथि जान नसक्ने अवस्था भएपछि तल आएर क्याम्पमा बसेका थिए ।
धौलागिरी हिमालको आरोणको अन्तिम खुट्किलो तथा चौथो क्याम्पबाट माथिल्लो क्षेत्र अत्यन्त जोखिम र हालसम्म आरोही दुर्घटनामा परेको क्षेत्रहरु पर्ने गर्दछ । ८,१६७ मिटर अग्लो धवलागिरि हिमालमा यसबर्ष शरद याममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणका लागि अनुमति लिएकोमा दुईजनाले सफल आरोहण गरेका थिए भने सात जना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए। गतबर्ष समेत एकजना रसियनको धौलागिरी आरोहणको क्रममा  ज्यान गएको थियो ।

Leave a Reply