वरीपरि हिमाल, लालीगुँरासको जंगल, ग्रामिण बस्तीको दृष्य देखेर रमाउन सकिने पर्यटकीयस्थल दुरुलेक पर्छ । म्याग्दी र बागलुङको सिमानकोका रुपमा दुरुलेकलाई चिनिन्छ ।
समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि नयाँ बर्षमा म्याग्दी र बागलुङबाट पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपुर्ण रहेको छ । तर, प्रचार–प्रसारको अभावले ओझेलमा छ ।
दुरुलेकमा लालीगुरासँको घनाजंगल, दर्जनौ हिमालको दृष्य र म्याग्दी र बागलुङ लगायत जिल्लाको ग्रामिण बस्तीका डाडाँकाडा दृष्य प्रष्ट देखिन्छ । ‘धौलागिरी, अन्नपुर्ण, निलगिरी लगायतका हिमालहरु एउटै रेञ्जमा नजिकबाट देख्न पाईन्छ ।’ पुगेका पर्यटकलाई दूरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ ।
बसन्त ऋतुसंगै जंगलमा लालीगुराँस फूल्ने हुदाँ फोटो र भिडियो बनाउन विशेष गरी युवायुवती बढी दुरुलेक पुग्छन् ।
ताराखोला गाउँपालिकाका ५ सिपका तिलप्रसाद आचार्यले दुरुलेकमा भाकल गरेपछि नौ जना छोरीपछि छोरा नविन आचार्य जन्मिएपछि दुरुलेकस्थित डडेलेख शिवालय मन्दिर र खानेपानी सुविधा निर्माण गरेको जनविश्वास रहेको छ । स्वदेश तथा विदेशमा सोचेको रोजगारी र ब्यवसाय लगायतको आकाँक्षाहरु पुरा हुने विश्वास लिएर युवायुवती भिड शिवलालय मन्दिरमा हुने गर्छ ।
सदरमुकाम बेनी देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम हुदै घाङ्लेपानीसम्म सवारीसाधनमा पगिछन्छ । भने, घाङ्लेपानीबाट करिव ५ घण्टामा लालीगुरासको घनाजंगल हुदैँ गाईभैसी र भेडाबाख्राका गोठहरु, बन्यजन्तुको अवलोकन र आवाज सुन्दै उकालो पदयात्रामार्फत दुरुलेकमा पुग्न सकिन्छ ।

Leave a Reply