मुस्ताङको मार्फा नजिकै कार र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । जोमसोमबाट लेते आउँदै गरेको ना १ च ७६९२ नम्बरको कार र पोखराबाट जोमसोम जाँदै गरेको बा ७६ प ४२१० नम्बरको मोटरसाइकल मार्फा नजिकै ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
लाइसेन्सका आधारमा मृत्यु भएको व्यक्ति गोरखा आबुखैरेनीका सञ्जय खड्काको खुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । घाइते खड्काको उपचारका लागि मुस्ताङ अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी बोगटीले बताए ।
घटनापछि कार र चालकलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।