म्याग्दी बेनी नगरपालिका-२,खबराका तेजेन्द्र बहादुर कार्कीले खेर गएको १३ रोपनी बाँझो जमिनमा केरा खेती गरेका छन् । बषौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाएका हुन् ।

कृषक कार्कीले खाली जमिन देखे लगत्तै केरा लगाउँछन्। कुल २३ रोपनीमा केरा खेती गरेका कार्कीले १२ रोपनी जमिन विगतमा प्रयोगविहिन अवस्थामा थियो । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक ७ लाखसम्म कमाउँछन्।

खबराका करिब १ सय ५० घरधुरी रहेको खवरामा भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका स्थानीयले गरेको केरा खेती लोभलाग्दो बनेको छ ।

खवराका यामबहादुर घिमिरे, जगत घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा लगायत २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन्।

केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीयले अन्य अन्नबालीलाई विस्तार घटाउँदै केरा खेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाई छ । ‘बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,‘केरा खेतीमा समु्दाय आर्कषित हुनुको मुख्य कारण बजार र आम्दानी हो’ कृषक जगतबहादुर घिमिरेले भने ।

खवराबाट बार्षिक २ करोडको केरा बिक्री गर्ने गरेका छन् । खवरामा ६४ बर्ष मानबहादुर थापा पहिलो केरा खेती बिस्तार गर्ने कृषक हुन् ।

बि.स २०५७ सालमा पोखराबाट ३० रुपैयाँमा खरिद गरी ३ वटा हजारिया जातको केराको बिरूवा भित्राएपछि ७७ बर्षिय जगतबहादुर घिमिर सहितका स्थानीयले केरा खेतीलाई साथ दिएका थिए ।

न्यूनतम ३० हजारदेखि १० लाखम्म बार्षिक केरा खेतीबाटै कमाई हुन थालेपछि खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ भन्न थालिएको छ अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेकाले आगामी ५ बर्षमा ५ करोडभन्दा बढीको केरा निर्यात हुने दावी गरिएको छ । खवरामा बाइस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनीलगायतका प्रजातिका केरा खेती हुन्छ ।

Leave a Reply