म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौरमा रहेको ‘मंगला इन्द्रेणी पार्क’ बालबालिकालाई घुम्न जाने तथा रमाउने थलोको रुपमा विकसित हुन थालेको छ । दसैंतिहारको अवसरमा विद्यालय बन्द भएपछि घरमा मोबाइल, टिभीमा रमाउने बालबालिकालाई अहिले पार्क भुलाउने र खेलाउने थलो बनेको छ ।

पार्कभित्र बालबालिकाहरुलाई लक्षित गरेर चिप्लेटीे, पिङ खेल्ने, डुल्ने, हरियाली बगैचाका फुलसँग रमाउने, आकर्षक दृश्यावलोकन लगायतका फनपार्कका संरचनाहरु जडान गरिएकाले दिनभरी भुलाउनका सहज भएको छ ।

पार्कमा विदाको समयमा अभिभावकसका साथै यूवायूवती समेत टिकटक बनाउने र घुमफिर गर्ने आउने गरेको पार्कका कर्मचारी चिक्र नेपालीले बताउनुभयो ।‘विदाको समयमा भिडभाड धेरै हुुन्छ,स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलेर जान्छन्’ कर्मचारी नेपालीले भन्नुभयो ।

बिहान, दिउँसो र बेलुकीको समयमा पार्कमा आउनेलाई यहाँको नियमका बारेमा समेत जानकारी गराउने गरिएको छ । बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न तथा ज्येष्ठ नागरिकहरुको समेत सङ्गमस्थल बनेकोमंगल माविका शिक्षक केशब कँडेलले बताउनुभयो। ‘मोबाइल र टेलिभिजनमा झुम्मिने बालबालिकालाई पार्कले आर्कषित गरेको छ, यहाँ सबै उमेरसमुहले प्रयोग गर्न मिल्ने छ’ कँडेलले भन्नुभयो ।

पार्कको बाहिरी क्षेत्रमा मनोरञ्जनका खेलहरुका साथै बस्न मिल्ने संरचना बनाइएपनि भवनमा स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि स्थापना गरिएको संग्रहालय रहेको छ ।

उक्त संग्रहालयमा प्राचिनकालका बस्तु, आधुनिकीकरणसँगै लोभ भएका हस्तकला, ग्रामिण क्षेत्रमा प्रयोग हुने विभिन्न साम्रागीहरु सङ्ग्रहालयमा संग्रह गर्न थालिएको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको पहलमा बाबियाचौर स्थायी घरभई हाल काठमाडौं निवासी क्या. ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क तथा सङ्ग्रहालय निर्माण गरिएको थियो ।

पार्कमा मंगला इन्द्रेणी पार्क तथा मंगला खड्ग नन्द सङ्ग्रहालयमा नयाँ पुस्तालाई जानकारी दिने गरी ५० बर्ष अगाडीका सामग्री संकलनको काम भइरहेको छ। यसलाई मंगला गापा बाहिरबाट समेत घुम्न र अध्ययन, अनुसन्धानका लागि आउन मिल्ने गरी संग्रालय बनाउने अभियानमा गाउँपालिका रहेको छ। पार्कभित्र दुबो लगाउनुका साथै धुपी, अशोकलगायत सुगन्धवाल फलफुलका बोट छन्।

Leave a Reply