म्याग्दीको बेनी नगरपालिका–७,महरानी थान, अग्नीखेत र कुरिलाखर्कमा सडक बत्ती जडान गरिएको छ । बेनी–अर्थुङ्गे सडकखण्ड अन्तरगत सडकखण्डमा पैदलयात्रीलाई सहज हुने गरी ३५ वटा सडक बत्ती जडान गरिएको हो ।

पैदल यात्रामार्फत बेनीबजारमा आवतजावत गर्नेलाई बिहान र रातको समयमा हिड्न समस्या भएको जानकारी आएपछि बत्ती जडान गरिएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

‘आवश्यकता अनुसार थप्दै जानेछौ, बत्ती जडान भएपछि अहिले पदैलयात्री हर्षित हुनुहुन्छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार वडाभित्रको ग्रामिण क्षेत्र भएकाले बिग्रिएको अवस्थामा मर्मतसम्भारका साथै बेनीबजारका टोलसुधार समितिको माग अनुसार सडक बत्ती जडान गरिने छ ।

सडक बत्ती भएपछि सडकमा हुन सक्ने सम्भावित दुर्घटनालाई समेत न्यूनिकरणमा सघाउने छ । बेनीको खानेपानी उपभोक्ता तथा सरसफाई संस्थादेखि महारानी थान क्षेत्रसम्म विहान र बेलुकीको समयमा विद्यार्थीको अत्याधिक आवतजावत हुने भएकाले उक्त स्थानमा बत्तीको संख्या बढाउनुपर्नेमा देखिएको छ । बेनीबजारका विभिन्न क्षेत्रमा राखिएक बत्तीहरु बेलाबेलामा बिग्रिदा समस्या हुने गरेको छ

Leave a Reply