गोठालो रेशम चरम गरिबीका कारण घर चलाउन धौधौ भएपछि भेडीगोठतिर हुन्छन् । उनको प्रेमीको भूमिकामा रहेकी बिमला लिम्बुसँगको प्रेम कथाको अन्त्यमा घर फर्किने क्रममा भीरबाट खसेको देखेपछि छोडेर साथीहरू घर फर्किन्छन् । घरमा गोठबाट फर्किएका साथीले रेशमको निधन भएको खबर सुनाइदिन्छन् र पछ्यौरी दिदाँ वित्तिकै प्रेमी शोकमा पर्छिन् र उनको निधन हुन्छ ।

यता घाईते अवस्थामा रेशम घर फर्किदा प्रेमिकालाई भेट्दैनन् । रेशमकी आमाले घटनाको बेलीविस्तार सुनाउँछिन् । बागलुङ, म्याग्दी र रुकुमको सिमाना क्षेत्रमा पर्ने बुकीमा छायाङ्कन गरिएको म्यूजिक भिडियोमा प्रेमको महत्व र अफ्यारोमा परेका साथीलाई उद्धारभन्दा छोडेर भाग्ने कथा देखाएर म्यूजिक भिडियो अन्त्य भएको छ ।

यो म्यूजिक भिडियोको अन्त्यमा देखाइएको दृष्य महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य ‘मुनामदन’ कोे कथाबस्तुमा मुना र मदनको झल्को दिन्छ ।

तीनदिन अगाडी गायक प्रकाश दुतराजले दसैंको माहोलमा पस्किएको नयाँ गीत ’रेशम’ गीत युट्युब च्यानलमा २० लाख भन्दा बढी पटक हेरिएको छ । झन्डै ४८ सय ४६ पटक कमेन्ट गरेका छन् । हिन्दु नेपालीको प्रमु्ख पर्व दसैंको आसपासमा सांगितिक कोशेली पस्किन्छन् ।

चाडपर्वको रौनकता छाइरहेको बेलामा सामाजिक एवम् मानवीयाको सवालमा दुतराजले सार्वजनिक गर्ने म्यूजिक भिडियोको सर्वत्र चर्चा हुन्छ । अघिल्लो बर्ष ’रिमै’ले छपक्कै छोपेको टिकटक यसबर्ष ‘रेशम’का टुक्काहरू छरपस्ट छन् ।

यस गीतको यूट्युबको रफ्तार हेर्दा करोड क्लवमा प्रवेश गर्ने निश्चित छ । बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा उनको गीत गुन्जिन्छ।

चाडपर्वको बेलामा फुर्सदमा हुने नेपालीलाई लक्षित गरी सन्देशमुलक कोशेली बजारमा ल्याउने गायक दुतराजले सांगितिक कोशेलीले संस्कृति, माया, प्रेम र जिवनका साथै समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउँछ ।यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ।

उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले यूटुवमा मनग्य कमाइरहेको छ ।

साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने गरेकाले छोटो समयमा उचाईमा पुगेको लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य अमित विश्वकर्माले बेनीअनलाइनलाई बताए ।

यता गायक दुतराजले आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको बताए । गीतसंगीत भनेको समुन्द्र जस्तै भएकाले पछिल्लो समय सामाजिक सन्देश बोक्ने गीतहरु लामो समयसम्म टिक्ने उनको भनाई छ । ‘सन्देशमूलक गीत गाउन रुचाउँछु, आगामी दिनका कोशेली पनि यसकै निरन्तरता हुनेछ’ गायक दुतराजले भने ।

उनले गृह जिल्ला म्याग्दीको माटोले गीत सिर्जना गर्न सिकाएकाले आगामी दिनमा जिल्लालाई चिनाउने गरी काम गर्ने बताए। दुतराजको रिमैं ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता सांगितिक श्रृखला सर्वाधिक रुचाइएको छ ।

 

Leave a Reply