म्याग्दीको बेनी नगरपालिका-९ घतानमा आयोजित दोस्रो वडा अध्यक्ष कप एवम् प्रथम तोरीपानी कपको उपाधी नेप्टेचौर यूवाले जितेको छ । बिहिबार सम्पन्न भएको प्रतियोगितामा उपविजेता बेनपा–९ भिरमुनी यूवा क्लव भएको छ ।
प्रतियोगितामा विजेता र उपविजेताले क्रमश ७५ हजार ५५५ र ४५ हजार ५५५ ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका छन् । प्रतियोगितामा प्रोढ भलिबलतर्फ बेनपा–९ घतान प्रथम,  द्धितिय बेनपा–१० वाखेत भएको छ ।
विजेता र उपविजेताले क्रमश ५० हजार १११ र ३० हजार ३३३ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।  त्यसैगरी २० बर्ष मुनीको भलिबलमा फलेबास नगरपालिका वडा नं ३ शंखरपोखरी पर्वतले जितेको छ भने उपबिजेता रघुगंगा गाउँपालिका–२ साझापानी भएको छ ।
उक्त प्रतियोगितामा विजेतालाई ३५ हजार ५५५ र उपविजेतालाई २५ हजार ५५५ ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको क्लवका गोकुल सुनारले जानकारी दिनुभयो ।
प्रतियोगितामा लठो तान्ने प्रतियोगितामा बेनपा–१० वाखेत प्रथम,  महिला लठो दतान्ने प्रतियोगितामा बेनपा–९ धुबिबोट, एकल खुल्ला नृत्य प्रतियोगितामा वाखेतकी सुजता पुन, पञ्चेबजा नृत्य प्रतियोगितामा प्रथम तोरिपानी यूवा क्लवको समुहले जितेको थियो ।
प्रतियोगितामा विजेतालाई वडा अध्यक्ष चक्रबहादुर केसी र वडा सदस्य सारदा विकले विगत बर्ष देखि वडामा खेलाडीको प्रोत्साहन पनि हुने र खेलाडी पनि उत्पादन गर्ने उदेश्यले वडा अध्यक्ष कपको आयोजना गर्दै आको र आगामी दिनमा समेत वडाबाट निरन्तर सहयोग हुने बताउनुभयो ।
तोरीपानी युवा क्लबका अध्यक्ष दिनेश खत्रीले प्रतियोगितालाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा पनि क्लवमार्फत रचनात्मक कार्यहरुलाई निरन्तरता दिने बतायनुभयो ।

Leave a Reply