म्याग्दीको मालिका गाउँपालिका-७ बिममा रहेको किसानी मावि तथा प्राविधिक शिक्षालयमा स्थापित ‘किसानी सञ्जीवनी अक्षयकोष’ ले यूकेमा रहनुभएका कृष्णप्रसाद जुग्जालीको संयोजकत्वमा विदेश विभाग उपसमिति गठन गरेको छ । समितिको सचिवमा मन्दिप जुग्जाली यूके,चयन गरिएको छ।
उपसमितिको सदस्यहरुमा सदस्यहरुमा कर्ण प्रसाद जुग्जालीयुके सर्वजित जुग्जालीयुके दलिमा पुन रोका (हङकङ) खिमबहादुर जुग्जाली (हङकङ) हेमबहादुर केसी (वहराइन) होमबहादुर पुर्जा(कतार) टिका गर्वुजा (पोर्चुगल) माइकल जुग्जाली (पोर्चुगल),देवीन गर्वुजा (क्रोसिया), देवीन्द्र जुग्जाली (साउदी अरेवीया), खड्क वहादुर पुन (जर्मन), चन्द्रमान (चित्र) जुग्जाली (इजरायल), तुलसी (सनु) पुन (वेल्जियम), पदमबहादुर पुन (स्पेन), खिमवहादुर जुग्जाली (स्वीजरल्याण्ड), रत्नसिङ गर्वुजा (अमेरीका), चक्रवहादुर पाईजा (अमेरीका), सञ्जय जुग्जाली (कोरीया), नरवहादुर जुग्जाली (जापान), कुलवहादुर गर्वुजा (जापान), रघु जुग्जाली (अष्ट्रेलिया), विनोद जुग्जाली (अष्ट्रेलिया)
सुमन शेरपुञ्जा (अष्ट्रेलिया), रहनुभएको किसानी सन्जिवनी अक्षयकोषका सदस्य देब पुनले जानकारी दिनुभयो ।
उपसमितिका संयोजक जुग्जाली यूकेमा रहेर बिममा शिक्षा, स्वास्थ्य, विकास निर्माण सहित विभिन्न क्षेत्रमा निरन्तर सहयोग जुटाउने र सहयोग गर्ने गर्नुभएको छ । त्यसैगरी अभियानमा सघाउन क्लवको समेत उपसमिति बनाइएको छ ।
जसमा संयोजक बिमबाङ युवा क्लबका ओमकार गर्वुजा सचिव नरवहादुर गर्वुजा साइनिङ युवा क्लब सदस्य सुजन पुन ( हिमाली युवा क्लब) म्यादिस गर्वुजा (हिराजित स्मृति युवा क्लब), खिम पाईजा (जन्म भूमी युवा क्लब), लोक माया पाईजा (हिमाली युवा क्लब), करुणा फगामी (बिमबाङ युवा क्लब), समिक्षा जुग्जाली (साइनिङ युवा क्लब), करीना जुग्जाली (हिराजित स्मृति युवा क्लब)रहनुभएको छ
यसैबीच सल्लाहकार समितिमा दल बहादुर जुग्जाली (युके) दल बहादुर शेरपुन्जा (हङकङ) नर वहादुर पाईजा (युके)
भीम प्रसाद जुग्जाली (युके ) वेलवहादुर(विजय) जुग्जाली (अमेरिका) रहनुभएको छ ।
अक्षय कोषका कलि प्रसाद जुग्जालीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको समितिका सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक जंग बहादुर गर्वुजाले जानकारी दिनुभयो ।
२०६८ सालबाट सुरु भएको प्राविधिक शिक्षालयमा हाल ३ वर्षे पशु विज्ञान, ३ वर्षे बाली विज्ञान र १८ महिने जेटिए संचालन भईरहेको छ । शिक्षालयमा हाल म्याग्दी सहित देशका विभिन्न जिल्लाबाट आएका १५० जना विद्यार्थीहरु अध्ययनरत छन ।
अक्षय कोषमा बिम घरभई हाल युकेमा रहनुभएका समाजसेवी दल जुग्जाली र कृष्ण जुग्जालीको परिवारबाट ५ लाख र समाजसेवी छकप्रसाद पाईजाको परिवारबाट १ लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
किसानी माविले स्थापना गरेको शैक्षिक कोषमा स्वेच्छिक रुपमा आर्थिक सहयोग प्रदान गर्न देश विदेशमा रहेका बिम बासी, विद्यालयका अभिभावक, पूर्व विद्यार्थी तथा सम्पूर्ण समाजसेवी मनकारी महानुभावलाई विद्यालयले आग्रह गरेको छ ।

Leave a Reply